मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्यूर्योकमा नेप्लीज अमेरिकन नर्सिङ एसोसियसनको दशौं बार्षिक सम्मेलन सम्पन्न, अध्यक्षमा पुडासैनी चयन

न्यूर्योकमा नेप्लीज अमेरिकन नर्सिङ एसोसियसनको दशौं बार्षिक सम्मेलन सम्पन्न, अध्यक्षमा पुडासैनी चयन


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font
  • change font

न्यूयोर्क । नेप्लीज अमेरिकन नर्सिङ एसोसियसन (नाना) को दशौ वार्षिक साधारणसभा शनिवार न्यूयोर्कमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । सो सम्मेलनले संगीता पुडासैनी काप्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
 
अमेरिकामा कार्यरत नेपालीमूलका नर्सहरुको छाता संगठनको रुपमा कार्य गर्दै आएको यस संस्थाको उपाध्यक्षमा नीमा शेर्पा, सचिवमा नविना आचार्य, सहसचिवमा उर्मिला खड्का थापा, कोषाध्यक्षमा सनिता दास परियार र सह कोषाध्यक्षमा लामु लामा चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यमा सबिना श्रेष्ठ, रिता श्रेष्ठ, सबिना लामिछाने वाग्ले, लक्ष्मी भण्डारी, सारिका थापा, आङ याङकी शेर्पा र सुमित्रा बोहरा चयन हुनुभयो ।
 
नेप्लीज नर्सिङ एसोसियसनका निबर्तमान अध्यक्ष पूर्णदेवी महर्जनले अमेरिकामा रहेका नेपालीमूलका नर्सहरुको बृत्तिविकासको लागि संस्थाले काम गर्दै आएको बताउनुभयो ।

Advertisement
​संस्थाले कोभिडको समयमा पनि नेपालका १४ वटा अस्पतालमा मास्कलगायत समान बितरण गरेको जनाउदै महर्जनले भन्नुभयो, “हाम्रो संस्थाले अमेरिकामा रहेका नर्सहरुको बृत्तिविकाससंगै नेपालको स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पनि सहयोग पुर्याउदै आएको छ ।

शेयर गर्नुहोस:

1.1k
Shares