मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

डेभलपमेन्ट फर पिस इन्टरनेसनलद्वारा १५ औं बार्षिक उत्सव

डेभलपमेन्ट फर पिस इन्टरनेसनलद्वारा १५ औं बार्षिक उत्सव


शेयर गर्नुहोस:

1.7k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – अमेरिका र नेपालमा समेत सामाजीक र सचेतनमुलक कार्यक्रमहरु गर्दै आएको ‘डेभलपमेन्ट फर पिस इन्टरनेसनल’ ले आफ्नो १५ औं बार्षिक उत्सव मनाएको छ ।
 
सन् २००७ मा टेक्ससमा स्थापना भएको यो संस्थाले प्राकृतिक प्रकोपमा परेकालाई अमेरिका र नेपालमा समेत सहयोग गर्दै आइरहेको छ । नेपालमा विद्यालयस्तरमा छात्रवृत्ति, बाख्रापालन लगायतका आय आर्जन कार्यक्रममा यो संस्थाले सहयोग गर्र्दै आइरहेको छ । 
 
जतासुकै शान्तिपुर्ण, स्वस्थ र समुन्नत समुदाय निर्माणको लक्ष्य बोकेको यो संस्थाको प्रधान कार्यालय टेक्ससको हस्र्टमा छ । यो संस्थाले गरिबी निवारण र सशक्तिकरणको माध्यमबाट सामाजीक न्याय स्थापनाको उद्वेश्य समेत बोकेको छ ।
 
१५ औं बार्षिक उत्सव कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, ड्यालस एभरेष्ट लायन्स क्लबकी अध्यक्ष डा. विष्णुमाया उपाध्याय, अनकनका अध्यक्ष विलाश उपाध्याय, एचडीएनपीका अध्यक्ष डेबिड (देबी) आचार्य, हस्र्ट नेपाली सोसाइटीकी जया ढुंगाना लगायतले शूभकामना दिएका थिए ।
 
त्यस अवसरमा ट्यारेन्स काउन्टी कलेजका प्रोफेसर जोन पेरिसले कार्यक्रमका सिलसिलामा नेपाल भ्रमण गर्दाका प्रसंगहरु रोचक रुपमा प्रस्तुत गरेका थिए । उनले जिन्दगीमा एक पटक नेपाल पुग्नैपर्ने देशको भएको चर्चा गर्दै हिमाल, पहाडको मनोरम दृश्य र यात्राले आफूलाई मोहित पारेको समेत उल्लेख गरे ।
 
कार्यक्रममा संस्थाको प्रतिवेदन समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो । त्यस अवसरमा संस्थाका गतिविधिहरुलाई सहयोग गर्नेहरुलाई सम्मान र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
 
संस्थाको १० सदस्यिय कार्यसमितिको अध्यक्षमा दीपक खरेल छन् । त्यस्तै सल्लाहकारहरुमा जोन पेरिस, फ्लायड हगन र रमेश पोखरेल छन् । संस्थाले नेपालमा दुर्गम विद्यालयहरुमा छात्रवृत्ति, पुस्तकालय बनाउन समेत सहयोग गर्दै आएको छ ।

Advertisement

शेयर गर्नुहोस:

1.7k
Shares