मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सतिश त्रिपाठीको नेतृत्वमा अनेसास ह्युस्टनमा नयाँ कार्यसमिति

सतिश त्रिपाठीको नेतृत्वमा अनेसास ह्युस्टनमा नयाँ कार्यसमिति


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

ह्युस्टनअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरको हिजो शनिवार सम्पन्न वार्षिक साधारण सभाले साहित्यकार एबं इन्जिनियर सतिश त्रिपाठीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
 
नव निर्वाचित कार्यसमितिको  वरिष्ठ उपाध्यक्षमा मुना पौडेल, उपाध्यक्षमा साधना शर्मा र महासचिवमा मोदनाथ सादा चयन भएका छन् भने सचिव र कोषाध्यक्षमा क्रमशः निलहरि आचार्य र अमृत लामिछाने छानिएका छन् । 
 
यसैगरी सदस्यहरूमा उषा पन्थी, शेषकान्त बराल र उमा शर्मा चयन भएका छन् । कार्यसमितिमा थप सदस्यहरु अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको अनेसासका निवर्तमान अध्यक्ष बासु पौडेलले हिमालय खबरलाई जानकारी गराएका छन् । 
 
साधारण सभामा अनेसास ह्युस्टन च्याप्टरको स्थापना कालदेखि संस्थाको श्रीवृद्धि र अनेसासका हरेक क्रियाकलापहरुमा सहयोग पुऱ्याएकोमा कमल पन्थी र उषा पन्थीलाई सम्मान गरिएको थियो। अनेसासका पूर्वअध्यक्ष शेष शर्मा र संस्थापक मुना पौडेलले सो सम्मान प्रदान गरेका थिए।
 
सभाले कार्यसमितिबाट प्रस्तुत भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याटरको विधान २०२१ अनुमोदन गर्नुका साथै च्याप्टरको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो। 
 
निर्वाचन प्रक्रियाको अध्यक्षता बिलोल पोख्रेलले गरेका थिए भने वार्षिक साधारण सभा च्याप्टरका निवर्तमान अध्यक्ष बासुदेव पौडलको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 
गजल विधामा ह्युस्टन र नेपाली(अमेरिकन साहित्यका क्षेत्रमा चर्चित सर्जक सतिश त्रिपाठीको नेतृत्व पाएको अनेसास ह्युस्टनले आगामी दिनमा नेपाली भाषा, संस्कृति र साहित्य प्रवर्द्धनमा गर्ने गतिविधीले नेपाली समुदायको चासो बढाउने अपेक्षा गरिएको छ। 

शेयर गर्नुहोस:

756
Shares