अमेरिका समाचार

बोस्टन स्टेडियममा मोरक्कोको चमत्कारीक गोल निर्णायक बन्दा, स्कटल्याण्ड हार व्यहोर्न बाध्य

बोस्टन स्टेडियममा मोरक्कोको चमत्कारीक गोल निर्णायक बन्दा, स्कटल्याण्ड हार व्यहोर्न बाध्य


अमेरिका, बोस्टन, म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियममा आज भएको विश्वकप फुटबल महासङ्ग्राममा मरोक्को र स्कटल्याण्ड आमनेसामने भएका थिए। दर्शकहरुले खचाखच भरिएको स्टेडियमको खेल मैदानमा दुबै टिमले एक अर्कालाई पाखा लगाएर जित सुनिश्चित गर्ने लक्ष्यका साथ होमिएका थिए।

खेलको दोश्रो मिनटमा फिफा वरीयतामा छैठौं स्थामा रहेको मरोक्कोको चमत्कारीक प्रहार गोलमा परिणत हुनपुग्यो। त्यही चमत्कारीक गोल नै निर्णायक गोल साबित भएपछि फिफाको ४२औं स्थानमा रहेको स्कटल्याण्ड हार व्यहोर्न वाध्य भएको हो। र, फिफा विश्वकप-२०२६ को समूह ‘सी’ अन्तर्गत भएको यस खेलमा मरोक्को विजेता र स्कटल्याण्ड उपविजेता हुनपुग्यो।

Advertisement

यो जितसंगै मरोक्कोले आफ्नो खातमा ३ अङ्क थपेको छ। यस अघि ब्राजिलसंग १-१ गोलको बराबरी खेल खेलेर १-१ अङ्क बाँडेको थियो। यससंगै, मरोक्को कूल ४ अङ्क जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ। स्कटल्यान्डले भने पहिलो खेलमा हाइटीलाई १-० ले पराजित गर्दै विजय यात्रा प्रारम्भ गरेको थियो। उक्त खेलमा विजेता बन्दै ३ अङ्क जोडेको स्कटल्याण्ड आजको हार व्यहोर्न बाध्य भएपछि कूल ३ अङ्कमै सिमित भएको छ। यद्यपि, नकआउट चरणमा प्रेवेश गर्ने सम्भावना भने अझैं कायम नै छ। तर, त्यसका लागि ब्राजिलसंग हुने खेलमा बलियो दाबेदारी प्रस्तुत गर्न सक्नु पर्नेछ ।

मोरक्कोका खेलाडी इस्माइल साइबारीले खेल प्रारम्भ भएकको दोश्रो मिनट अर्थात ७१ सेकेन्डमै स्कटल्याण्डका विरुद्ध गोल गरेका थिए । प्रारम्भमै गोल व्यहोर्नु परेपछि स्कटल्याण्डका खेलाडीहरु निकै दबाबमा परेका थिए भने, दर्शकहरुमा निराशा छाएको थियो। उता मरोक्कोका खेलाडीहरु अनपेक्षित सफलता हात परेपछि निकै उत्साहित भएका थिए। समर्थकहरुमा निकै खुशी छाएको थियो।

खेलको पहिलो हाफमा मरोक्को आफ्नो अग्रतालाई कायम गर्न निकै सावधानीका साथ खेल्यो भने, स्कटल्याण्डले बदला लिन आतुर देखिन्थ्यो। दुबै तर्फबाट थप गोल हुन नसकेपछि पहिलो हाफ बराबरीमा टुङ्गियो।

दोश्रो हाफमा स्कटल्याण्डले आफ्नो खेल रणनीतिमा परिवर्त गर्दै आक्रामक खेलेको थियो। मरोक्कोले रक्षात्मक रणनितिलाई प्राथमिकता दिएको थियो। स्कटल्याण्डले खेलको अधिकांश समय मरोक्कोलाई दबाबमा राखेको थियो। पटक पटक गोल पोस्टमा गरिएको प्रहार असफल हुँदा स्कटल्याण्ड हार स्विकार गरेर मैदानबाट बिदा हुन बाध्य भयो।

फिफाको खेलतालिका अनुसार अमेरिकामा हुने ७८ खेलहरु मध्य ७ खेलहरु म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम( जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ)मा रहेका थिए। जस मध्य गत जुन १३,२०२६ शनिबार समूह चरणको पहिलो खेल ग्रुप सीमा रहेका हाइटी र स्कटल्याण्डबीच सम्पन्न भएकको थियो। यस खेलमा स्कटल्याण्डले हाइटीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हुन सफल भएको थियो। यसैगरी, गत जुन १६, २०२६ मङ्गलबार इराक र नर्वे (ग्रुप आई) बीच भएको खेलमा नर्वेले इराकलाई १ गोलको बिरुद्ध ४ गोल गर्दै जीत हात पारेको थियो।