हिमालयखबर न्यूज डेस्क
बस्टन (अमेरिका)- सन् २०२६ फिफा विश्वकपको ग्रुप सी अन्तर्गत म्यासाचुसेट्सको बोस्टनमा अवस्थित जिलेट स्टेडियममा भइरहेको स्कटल्यान्ड र मोरक्कोबीचको महत्वपूर्ण खेलमा मोरक्कोले पहिलो हाफमै १-० को अग्रतालिएको छ।
खेल सुरु भएको जम्मा ७१ औं सेकेन्डमै मोरक्कोले गोल गर्न सफल भयो। ब्राहिम दियाजको पासबाट बल पाएका इस्माइल साइबारीले स्कटिश डिफेन्डर ग्रान्ट ह्यान्लीको रक्षात्मक त्रुटिको फाइदा उठाउँदै बललाई जाली चुमाए । यो गोल पनि अमेरिका र अष्ट्रेलियाको जस्तै भिएआर समीक्षापछि मान्यता दिइएको थियो । यो गोलले सन् २०२६ विश्वकपकै सबैभन्दा शिघ्र गोलको रुपमा कीर्तिमान कायम गरेको छ ।

गोलपछिको बाँकी पूरै पहिलो हाफमा मोरक्को स्कटल्याण्डमाथि पूर्ण हाबी भएको थियो । पर्यवेक्षकहरुका अनुसार ७८ प्रतिशत पोसेसन मोरक्कोले गरेको थियो ।
झण्डै झण्डै मोरक्कोले अर्को गोल पनि गरेको थियो जसमा अजेदिन ओउनाहीको एउटा प्रयास गोलपोस्ट नजिकैबाट बाहिरियो । त्यो गोलमा परिणत भएको भए मोरक्कोको गोल अंक २ हुनसक्थ्यो ।


स्कटल्यान्डका लागि भने पहिलो हाफ निकै कठिन रह्यो। स्कटिस खेलाडीहरुको माहोल रंगशालामा उत्साहजनक भएपनि खेल मैदानमा उनीहरु प्रतिरक्षात्मक मात्र भए । उनीहरुले खासै गोल गर्ने मौका सिर्जना गर्न सकेनन् । तर किरन टियर्नीको एउटा खतरापूर्ण क्रस नै उक्त टिमको एउटा उल्लेखनीय प्रयास थियो।
स्मरणीय छ, स्कटल्याण्डले आफ्नो उद्घाटन खेलमा हाइटीलाई १-० ले हराउँदै ग्रुप सीको शीर्षस्थानबाट यो खेलमा प्रवेश गरेको थियो, भने मोरक्कोले ब्राजिलसँग १-१ बराबरी खेलेर दोस्रो स्थानमा रहेर यो खेलमा उत्रिएको थियो। यसैले यो खेल समूहको अंकतालिकाका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ ।












प्रतिक्रिया