मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनएए अमेरिकाको आकस्मिक वैठक आइतवार वस्दै

एनआरएनएए अमेरिकाको आकस्मिक वैठक आइतवार वस्दै


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासिय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका) का विवादमा परेका प्रवक्ता र सल्लाहकार सम्वन्धमा छलफल गर्न विशेष (आकस्मिक) कार्यसमिति वैठक बोलाईएको छ । आउने आइतवार सांझ बैठक डाकिएको छ ।
 
एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले विशेष बैठक बोलाएका हुन् ।
 
एनआरएनए अमेरिका कार्यसमितिका वहुमत सदश्यले विवादमा परेका प्रवक्ता र सल्लाहकारलाई हटाउनका लागि आकस्मिक वैठक डाक्न महासचिवसंग आग्रह गरेका थिए ।
 
फेसबुकमा सिधाकुरा मार्फत अमेरिकामा जथाभावी  लेख्ने कार्यमा एनआरएनए प्रवक्ता र सल्लाहकार संलग्न भएको आरोप लगाउंदै प्रशन्न संग्रौलाले वुधवार विवरणहरु सार्वजनिक गरेका थिए ।
 
उनले आइतवार एनआरएनए अमेरिकामा पनि सिधाकुरा र यसमा संलग्न व्यक्तिका वारेमा जानकारी गराउंदै कारवाहीको माग गर्दै पत्र पठाएका थिए । यही आधारमा वैठक डाकिएको हो । 
 

शेयर गर्नुहोस:

0
Shares