हिमालयखवर संवाददाता
अमेरिका- कमजोर हुदैं गएको गैर आवासिय नेपाली संघ (एनआरएनए)का पदाधिकारीको बृहत वैंठक माघको पहिलो साता पोखरा नजिक रहेको रुपाकोट रिर्सोटमा वस्दै छ ।
तपाईहरु हायात वाला एनआरएन हो ? भन्ने जस्ता प्रश्न समाना गर्नु परिरहेको वेला यो बैठक हुन लागेको हो । २ महिना अघि हायात होटलमा भएको एनआरएनएको विश्व सम्मेलनले नयां नेतृत्व र पदाधिकारी चयन गरेको थियो । तर, यो भेला अव्यवस्थाका कारण विवादस्पद भएको थियो । भेलामा संस्थापक अध्यक्ष उपेन्द्र महतो संस्थाका काम प्रति असन्तोष व्यक्त गर्दै अनुपस्थित रहेका थिए ।
विदेशमा वस्ने नेपालीले वनाएको रुपाकोट रिर्सोट बैठकका लागि विभिन्न ९ वटा एजेण्डा तय गरिएको महासचिव हेमराज शर्माले सार्वजनिक गरेका छन् । तर, बैठकका यी एजेण्डा विच विदेशमा वस्ने नेपालीको मुख्य चासोको विषय नेपाली नागरिकताको निरन्तरता भने ओझेलमा परेको छ । एउटा मुख्य प्रथामिकामा राखिएको छैन ।
प्रदेशको विकासका लागि संघको भुमिका, १० अर्ब लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाण्डेशन, विज्ञ सममेलन, नागरिकता र सम्पत्ति अधिकार, विदेशीक राहत कोष लगायतका विषयमा प्रदेश र केन्द्रसरकारसंग छलफल गरिने एजेण्डामा उल्लेख छ ।
एनआरएनएले १० अर्ब रुपैंयाको कोष स्थापना गर्ने विषयलाई महत्वदिदैं आएको छ । तर, यो सुन्दा राम्रो देखिएपनि व्यवहारीक हुदां छलफलको विषय मात्र वन्दै आएको छ । कुन निकायमा दर्ता गरी यो कोष ल्याउने, सरकारको संलग्नता कति हुने, कोषमा पैसा कसले हाल्ने जस्ता जटिलता यो कोषसंग जोडिएका छन् ।
एनआरएनए आफैं आर्थिक पारदर्शियता नभएको, चुनाव र नियुक्तीमा मात्र केन्द्रित भएको संस्था हो । यसले गर्दा संस्थाका काम र योजना अस्थिर छन् ।
निकै प्रचारित काठमाडौमा एक बर्ष अघि भएको विज्ञ सम्मेलनको नजिता पनि प्रभावकारी देखिएन । यसको नतिजा के आयो यो पनि स्पष्ट छैन । विभिन्न कारणले हाल एनआरएनए फितलो देखिदैं आएको छ ।
उक्त बृहत बैठकका लागि तय गरिएका एजेण्डा निम्न छन् ।
१) 'प्रदेशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नका साथै गण्डकी प्रदेशमा गैरआवासीय नेपालीद्वारा सञ्चालित विभिन्न क्रियाकलाप र परियोजनाको स्थलगत भ्रमण गरिनेछ ।
२) संघले अघि सारेका मुख्य विषयहरु (१० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तीको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायत) का सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरुसँग छलफल र परामर्श गरिनेछ ।
३) हालसम्म संघको सम्मेलनहरु विभिन्न होटलहरुमा गरिँदै आइएकोमा दोश्रो विज्ञ सम्मेलन भने काठमाडौं विश्वविद्यालयमा आयोजना गर्नेबारे विश्वविद्यालयका उप–कुलपति लगायतका उच्च–पदाधिकारीसँग भेटघाट गर्ने सम्बन्धमा छलफल गरिनेछ । जसले सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितामुलक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
४) दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय,त्रिभुवन विश्वविद्यालय,पोखरा विश्व विद्यालय,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा बहस गरिनेछ ।
५) गैरआवासीय नेपालीहरुको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन गर्न संघको तर्फबाट नेपाल सरकारलाई सुझाव पेश गरिनेछ ।
६) वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गरिनेछ ।
७) संघको १६ वर्षको इतिहासमा पहिलो पटक विस्तृत लेखापरिक्षण (डीडीए) गराइएको छ । एमआईएस सिष्टम लगायत सिष्टम अडिट रिपोर्ट पनि तयार हुँदैछ । डीडीए र सिष्टम अडिट प्रतिवेदन संघको संस्थागत विकास गर्न र ‘स्मार्ट एनआरएनए’ बनाउन कोशेढुङ्गा साबित हुने विश्वास हाम्रो छ । तसर्थ यस बैठकमा संघको आर्थिक स्थायित्व र पारदर्शीताबार घनीभूत छलफल गरिनेछ ।
८) गत निर्वाचनमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन व्यवस्थित बनाउन ठूलो कसरत गर्नुपरेको थियो । सोही अनुभवलाई मनन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले निर्वाचनलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे अध्ययन गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएको छ । सोही सम्बन्धमा समेत यो बैठकमा विशेष छलफल गरिनेछ । अर्कोतर्फ आर्थिक पारदर्शिता तथा निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले संघको विशेष महाधिवेशन बोलाउने निर्णय समेत भइसकेको अवस्थामा विशेष महाधिवेशनको तयारीको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
९) पोखरा बैठकमा संघका विभिन्न विभागका प्रमुख र समितिका संयोजकहरुले यस कार्यकालको कार्ययोजनाहरु प्रस्तुत गर्नु हुनेछ । यसको आधारमा वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरिनेछ । संघका समिति र कार्यदलहरुलाई पूर्णता दिईने छ ।
प्रतिक्रिया