मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसिन बिग्रिएपछि एनआरएनएको मतदान मतपत्रमार्फत सुरु हुँदै

मेसिन बिग्रिएपछि एनआरएनएको मतदान मतपत्रमार्फत सुरु हुँदै


काठमाडौँ । एनआरएनएको विश्वसम्मेलन तथा नवौँ अधिवेशनको निर्वाचन आज १० बजेदेखि सुरु हुने भएको छ ।  
 
बुधबार बेलुकी ढिलोगरी मतदान सुरु भए पनि भोटिङ मेसिन बिग्रिएका कारण चुनाव रद्द भएको थियो । उम्मेदवारको संख्या धेरै भएका कारण सिस्टममा राख्न नमिलेपछि हिजो निर्वाचन कार्यक्रम रद्द भएको हो । 
 
निर्वाचन समितिका अनुसार आज हुने मतदान मतपत्रमार्फत् नै हुनेछ । सुरुवातदेखि नै अनेकन विवाद हुँदै आएको अधिवेशनमा मेसिन बिग्रिएपछि मतदाता उग्र बनेका थिए । 
 
२६ सयभन्दा बढी संख्यामा मतदाता भएकाले मतपत्रमार्फत मतदान हुँदा ढिलाइ हुने भएको छ । यद्यपि आजै मतदान, मतगणना हुँदा नतिजा आउन राति नै पर्खनुपर्ने भएको छ । 
 
निर्वाचनमा भाग लिन परिचय खुल्ने एउटा परिचयपत्र आवश्यक पर्ने निर्वाचन समितिले जनाएको छ ।