मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको मतदान सुरु, मत दिन परिचय खुल्ने कागजात चाहिने

एनआरएनको मतदान सुरु, मत दिन परिचय खुल्ने कागजात चाहिने


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । 
 
निर्वाचन समितिले साँझ ५ बजेदेखि १० बजेसम्म मतदान गर्न तालिका सार्वजनिक गरेको गरेको थियो । तर, केही समय विवाद भएपछि ढिलोगरी मतदान सुरु भएको हो । 
 
ढिलागरी विद्युतीय मतदान सुरु भएकाले आजै परिणाम सार्वजनिक हुने संभावना भने ज्यादै कम देखिएको छ । मतदाताले मतदान गरिसकेपछि बिहीबार बिहानसम्म नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ । 
 
मत दिनका लागि कुनै एउटा परिचयपत्र चाहिने बताइएको छ । विवाद आएमा परिचयपत्र आवश्यक पर्छ । ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा कुनै एउटा परिचयपत्र भए पुने एनआरएन महासचिव डा बद्री केसीले बताए । 
 
ड्राइभिङ लाइसेन्स, पासपोर्ट नभए पनि पुग्छ । कतै मतदातामाथि दाबी विरोध परे आईडी चाहिन्छ । निर्वाचनमा विभिन्न देशबाट २६ सय ६५ ले मतदान गर्दैछन् ।  काठमाडौँमा जारी सम्मेलन विदेशमा बस्ने नेपालीका मुद्दामा कम र चुनावी चहलपहलमा बढी केन्द्रित भएको छ । 
 
आज साँझ नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । अध्यक्ष पदमा दुई जना कुमार पन्त र कुल आचार्य आआफ्ना प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनको माहोल दुवैको राम्रो भएकाले नतिजा कसको पक्षमा आउँछ भन्ने अनुमान गर्न कठिन भएको छ । 
दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् । 
 
चुनावमा चर्को प्रतिस्पर्धा चलेको छ । पन्तलाई सत्तारुढ पार्टी नेकपा निकटका रुपमा र आचार्यलाई प्रजातान्त्रिक विचारधारा अर्थात् कांग्रेस निकटका रुपमा प्रचार गरिएको छ । तर, दुवै उम्मेदवारका लागि स्वतन्त्र मतदाताको पनि उत्तिकै समर्थन रहेकाले जीत कसको पोल्टामा पर्छ भन्ने यकिन छैन । एनआरएनका विभिन्न ४२ पदमा निर्वाचन हुँदैछ ।