मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको चुनावी सरगर्मी, अध्यक्षमा पन्त र आचार्यको रस्साकस्सी

एनआरएनएको चुनावी सरगर्मी, अध्यक्षमा पन्त र आचार्यको रस्साकस्सी


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कुम्भमेला अर्थात् विश्वसम्मेलन यतिबेला काठमाडौँको हायात रिजेन्सी होटलमा भइरहेको छ । नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । 
 
यतिबेला उम्मेदवारको मनोनयन दर्ता चलिरहेको छ । जसअन्तर्गत अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यले भर्खरै उम्मेदवारी दर्ता गरेका छन् । मनोनयन स्थलबाहिर समर्थकको भीड लागेको छ । आआफ्नो पक्षमा भोट माग्न प्रतिनिधिहरु दौडधूप गर्दैछन् । 
 
दुवै पक्षले अआफ्ना उम्मेदवारको पक्षमा माहोल बढेको दाबी गरेका छन् । दुवै उम्मेदवार आठौँ अधिवेशनबाट उपाध्यक्षमा विजयी भएका हुन् । यद्यपि अहिलेसम्म प्यानल नै बनाएर प्रतिस्पर्धा नगरे पनि समर्थकहरुले आआफ्ना उम्मेदवारका पक्षमा माहोल बनाउन पर्यत्न गरिरहेका छन् ।