काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
यसैक्रममा सचिवमा अमेरिकाबाट गौरीराज जोशीले उम्मेदवारी दिएका छन् । जोशीको समर्थकमा पुरुषोत्तम बोहोरा र प्रस्तावकमा राजु साहेद रहेका छन् ।
उम्मेदवारी मनोनयनपश्चात् पत्रकारसँगको कुराकानीमा जोशीले निर्वाचनको माहोलले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिए । उनले यसअघि डा केशव पौडेललाई सघाउने प्रतिबद्धता गरिसकेका छन् ।
प्रतिक्रिया