काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । जसअन्तर्गत उम्मेदवारी दर्ता पनि खुला भएको छ ।
अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिएका छन् । यस्तै, अमेरिकाबाट उपाध्यक्षमा डा केशव पौडेल, सोनाम लामा र रवीना थापाले उम्मेदवारी दिएका छन् । यस्तै, सचिवमा अमेरिकाबाट गौरीराज जोशीले उम्मेदवारी दिएका छन् । गौरीराज जोशी र डा केशव पौडेलले एकआपसमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अमेरिका क्षेत्र उपसंयोजकमा रामसी पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । पोखरेलका पक्षमा जनलहर बढेको छ । शुभेच्छुकहरुले आफ्नो पक्षमा माहोल सिर्जना गरेपछि पोखरेल निकै उत्साहित भएका छन् । उनले एनआरएनएमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको र आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै, अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा नवीन शेरचन, राजन त्रिपाठी, डा विनोद साह, अमेरिकाबाट उपसंयोजकमा देव बस्नेत, उपसंयोजकमा क्यानडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दिएको उम्मेदवारी मनोनयनस्थलबाट हिमालय खबरका प्रधानसम्पादक विजय घिमिरेले जानकारी दिए ।
एनआरएनएको नवौँ महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैछ । र, आजै राति नतिजासमेत सार्वजनिक हुने बताइएको छ ।
प्रतिक्रिया