मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको चुनावी माहोल तात्दै, पन्त र आचार्य मैदानमा

एनआरएनएको चुनावी माहोल तात्दै, पन्त र आचार्य मैदानमा


काठमाडौं । गैरआवसीय नेपाल संघ अन्तर्राष्ट्रिय परिषद (एनआरएनए, आइसीसी) को चुनावी माहोल तातेको छ । एनआरएनए आइसीसीको अध्यक्ष पदका दाबेदार कुमार पन्तको पक्षमा चुनावी माहोल तातेको छ । पन्तलाई पूर्वअध्यक्ष जीवा लामिछाने, शेष घलेलगायतको बलियो टिमले समर्थन गरेको अवस्था छ ।   

असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा एनआरएनएको नवौ विश्व सम्मेलन हुँदैछ । सोही सम्मेलनमा वर्तमान कार्यसमितिका उपाध्यक्ष पन्तसहित अर्का उपाध्यक्ष कुल आचार्यले अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
 
अघिल्लो कार्यकालमै अध्यक्षका दाबेदार मानिएका पन्त यसपटक सर्वसम्मत अध्यक्ष हुने आश्वासनपश्चात् भवन भट्टलाई सर्वसम्मत बनाएर उपाध्यक्षमा बसेका थिए ।
 
यसपटक पनि सर्वसम्मत बनाएर एनआरएनएलाई राजनीतिक छायामुक्त बनाउने आफ्नो प्रयास जारी रहेको तर अन्तिममा चुनाव हुने स्थिति आए पनि सहज रुपमा लिई प्रतिस्पर्धामा जाने सोच पन्तले बनाएका छन् । एनआरएनएका साथीहरुले भावी अध्यक्ष तपाईं नै हो भनेकाले अघिल्लो अधिवेशनदेखि नै भावी अध्यक्षका रुपमा आफूलाई प्रस्तुत गर्दै आएको उनको भनाइ छ । 
 
पन्त गोर्खाली हुन् भने आचार्य पर्वते । दुवै रोजगारीका क्रममा करिब दुई दसकअघि बाहिरिएका थिए । दुवैजना हस्पिटालिटी व्यवसायमा आवद्ध छन् । आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ । पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्। एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने, शेष घलेलगायतसँग साझेदारीमा व्यवसाय गरिरहेका उनको समूहको युरोपमा १२८ होटल छन् ।
 
पन्तले गैरआवासीय नेपाली संघमा रहेर सामूहिक लगानीका परियोजनालाई जोड दिँदै आएका छन् । आचार्यले गैरआवासीय नेपालीको सीप, ज्ञान, पुँजी र प्रविधिलाई नेपाल भित्र्याउन आफूले थप पहल गर्ने बताउँदै आएका छन् ।