मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका एनआरएनए डेलिगेट विवाद तत्काललाई सकियो

अमेरिका एनआरएनए डेलिगेट विवाद तत्काललाई सकियो


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकावाट काठमाडौमा आयोजना हुने एनआरएनए विश्व सम्मेलनमा भाग लिने प्रतिनिधि डेलिगेटको विवाद हाललाई टुंगिएको छ । एनआरएनए अमेरिकाले सार्वजनिक गरेको सुची र क्ष्ँेत्रिय संयोजक गौरी जोशी मार्फत परेका निवेदन मध्येवाट कसैलाई नहटाउने अरु नथप्ने सहमती भएको हो ।
 
तर, यो सहमतिवाट दुवैको सुचीका सवै प्रतिनिधि भने हुन पाउने छैनन् । पैसा तिरेर पनि भाग लिन सम्मेलन स्थलमा नपुगेका नामहरु हटाइने छ । त्यसमा प्रथामिकताका आधारमा आईसीसीको प्रावधान अनुसार क्ष्ँेत्रिय संयोजकले तयार पारेको प्रथामिकताको सुची अनुसार नाम राखिने छ । एनआरएनए एनसीसी अमेरिकाले वुझाएको डेलिगेटको सुचीलाई पनि केन्द्रको नियम अनुसार राखिने छ । अन्य नामहरु बैकल्पिक सुचीमा हुने छन् ।
 
काठमाडौमा यही महिनाको मध्येमा हुन लागेको एनआरएनए विश्वसम्मेलनमा जाने प्रतिनिधिको विषयमा एनसीसी अमेरिका र क्षेत्रिय संयोजक विच विवाद आएको थियो । एनसीसीले पहिलो दोस्रो र तेस्रो सुची सार्वजनकि गरेको थियो । यही आईसीसीमा वुझाएको थियो । तर, क्षेत्रिय संयोजकले नियम अनुसार प्रतिनिधि चयन नभएको भन्दै छानविन समिति वनाएका थिए । तर, आईसीसीले क्षेत्रीय संयोजक मार्फत नाम पठाउन भनेपनि केही अन्यौलता थपिएको थियो ।