मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए अभियानयाई सशक्त वनाउन उम्मेदवारी बेद वस्नेत

एनआरएनए अभियानयाई सशक्त वनाउन उम्मेदवारी बेद वस्नेत


अमेरिका- गैर आवासिय संघ अमेरिका क्षेत्रका लागि उपसंयोजक पदका आकांक्षी बेद वस्नेतले एनआरएन अभियानलाई अझ सशक्त वनाउन आफुले उम्मेदवारी दिएको वताएका छन् । सम्मेलनमा भाग लिन नेपाल जानु अघि हिमालखवरसंग कुरा गर्दै वस्नेतले आफु २ कार्यकाल कोषाध्यक्ष भएर एनआरएनए अमेरिकामा काम गरेको, आईसीसी सदश्य भएको लगायतको अनुभवले अहिले अमेरिका क्षेत्रको उपसंयोजक पद दावी गरेको उनले वताए ।
 
म अमेरिका क्यानडा लगायत अन्य अमेरिकाज् क्षेत्रका साथिहरुको सल्लाहले नै उक्त पदमा उठेको हुं वेदले भने  सवै साथिहरुलाई सहमति गरेर जाउं भनेको पनि छु ।
 
सवै एनआरएन साथीहरुलाई सम्वोधन गर्दै बेदले भनेका छन म पनि अमेरिकामा एनआरएन अभियान सवैको पहुचमा पुगेको समय देखिनै तपाईहरुकै साथ र सहयोगले सकृय हुदैं यस संस्थामा काम गर्न पाउने सौभाग्य पाएको व्यक्ति हुं । मैले शुरु देखी नै दुई कार्यकाल एनआरएनए अमेरिकाको कोपाध्यक्ष र एक कार्यकाल यही क्षेत्रलाई प्रतिनिधित्व गर्दै आईसीसी सदश्य भएर काम गर्दा सदैव यहांहरुकै सुझाव र सल्लाह अनुसार अगाडी बढेको सवैमा अवगत छ ।
 
टेक्ससमा ब्यवसाय गर्दै आएकाले बेदले सवैका साझा मुद्दा लिएर यो अभियानमा लागि पर्ने पनि वताएका छन् । उपसंयोजक पदमा टेक्ससवाट वस्नेत वाहेक रामसी पोखरेलले उम्मेदवारी दिने सार्वजनिक गरेका छन् । स्थानिय समुदायले दुई जनालाई मिल्न दवाव पनि दिईरहेको छ ।