मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका विवाद : दुई दिनमा तीनथरीको विज्ञप्ति

एनआरएनए अमेरिका विवाद : दुई दिनमा तीनथरीको विज्ञप्ति


हिमालयखबर संवाददाता
अमेरिका – विवादै विवादमा रहेको गैरआवासीय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका)मा दुई दिनयता तीनवटा विज्ञप्ति आए । एनआरएनएको काठमाडौँ सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको छनौटको विषयलाई लिएर भएको विवादमा तीनथरी विज्ञप्ति आएका हुन् ।
 
बिहीबार साँझ एनआरएनए अमेरिकाको कार्यसमितिका बहुमत सदस्यले एनआरएनए एनसीसी अमेरिका बहुमत पदाधिकारीद्धारा आईसीसी डेलिगेशन छनौट समितिको नामावली अस्वीकृत गरेको भन्दै विज्ञप्ति निकालेको थियो ।
 
यो विज्ञप्तिमा दुई उपाध्यक्ष, सचिवलगायत कार्यसमितिका सदस्य गरी १३ जनाले समर्थन जनाएका थिए ।
 
यसको केही घन्छापछि क्षेत्रीय संयोजक गौरी जोशीले प्रतिनिधि छनौट प्रक्रिया नियमसंगत नभएको आरोप लगाउँदै छानविनका लागि पाँच सदस्य रहेको समिति गठन गरे । पाँच दिनको कार्यअधिकार दिई यो समिति गठन गरिएको हो ।
 
शुक्रबार एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले फेसबुकमार्फत बाध्यतावश सबैलाई काठमाडौँ सम्मेलनमा प्रतिनिधिका रुपमा लैजान नसकेको भए पनि सम्मेलनमा सहभागी हुन आग्रह गरे । अध्यक्ष शाहले आफूले गरेको कामको बचाउ पनि गरेका छन् ।
 
बाहिर यति देखिए पनि भित्रभित्र विवाद भने अझ चर्केको छ । अध्यक्ष शाह डेलिगेटको सूची नफेर्ने पक्षमा छन् ।  क्षेत्रीय संयोजकमा भने केही नाम थपघट हुन सक्ने बताउँछन् ।
 
यो विवादले एनआरएनए अमेरिकाको शाख भने गिराएको छ । करिब २० जना जतिको नाममा तलमाथि गर्दा सकिने अवस्था रहँदा रहँदै पनि यसलाई चर्को विवादको विषय बनाइएकोमा एनआरएनए अमेरिकाका केही सक्रिय सदस्यहरुले भने असन्तुष्टि जनाएका छन् ।
 
एनआरएनए अमेरिकाभित्रको स्वार्थभन्दा वाहिरको राजनीतिक स्वार्थले समस्या बढेको विष्लेषण पनि गरिएको छ । यो पछिल्लो विवादले डेलिगेटको विषयलाई भने अन्यौलमा पारेको छ ।