मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

बिदेशमा बसेर नेपालको राजनीति नगर्न सभापति पोखरेलको आग्रह

बिदेशमा बसेर नेपालको राजनीति नगर्न सभापति पोखरेलको आग्रह


हिमालयखबर संबाददादा-
ड्यालास (टेक्सस) । अमेरिकाको भ्रमणमा रहनुभएका संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गैरआवासीय नेपालीहरुलाई बिदेशमा बसेर नेपालको राजनीति नगर्न आग्रह गरेका छन् । 
 
कतिपय देशमा जाँदा नेपालमा भन्दा बिदेशमा बस्ने नेपालीलाई अझै चर्को राजनिती लागेको देख्ने गरेको प्रसङ्ग निकाल्दै सभापति पोखरेलले भने बिदेशबाट देशको हितमा सोच्नुस् दलको नाममा नछुटिन र नागरिकताको बारेमा चिन्ता नगरि देशको पर्यटन, आर्थिक उन्नती लगायतमा सोंच्न उनको आग्रह छ ।
 
चितवनबाट निर्बाचित प्रतिनिधी सभाका सांसद रहेका सभापति पोखरेलले एनआरएनलाई राजनीतिक अधिकार बिनाको नागरिकता दिने बिषयमा कुनै बिबाद नरहेको बताए । नागरिकताका अन्य मुद्धाहरुले गर्दा बिधयकमा केहि ढिलाई भएको बताउँदै सभापति पोखरेलले नेपालमा सांसदहरु पहिला भन्दा आजभोली एनआरएनको बारेमा थप सकारात्मक बन्दै गएको समेत बताए । 
 
संबिधानको मस्यौदाकार समेत रहेका सांसद पोखरेलले भने अहिलेलाई राजनीतिक अधिकार बिनाको नागरिकता पाउने तर बिस्तारै संसोधन गरेर त्यो अधिकार पनि पाउन सक्ने समय आउन सक्ने समेत बताए ।  एनआरएनको हितमा बोल्ने सांसदको रुपमा चिनिने पोखरेलको स्वागतमा शुक्रबार एनआरएनए टेक्सास च्याप्टरले छलफल कार्यक्रमको आयोजना गरेको थियो । 
 
ड्यालास वरपरका नेपालीहरुको बाक्लो उपस्थितीमा भएको छलफल कार्यक्रममा एनआरएन अमेरिका क्षेत्रका आरसी गौरी जोशी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएन आईसीसी सल्लाहाकार हरिबोल भण्डारी, ओएनएफका नेता भीम कार्की लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
 
टेक्सस च्याप्टरका सभापति राजेश अर्यालको सभापतित्व र सचिव सोफिन थापाले सन्चालन गरेको छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले दुई तिहाईको सरकारले पनि कानुन पास गर्न ढिलाई गरेको भन्दै चाँडै नागरिकता बिधयक पास गर्न माग गरेका थिए । एनआरएनका लागि वकालत गर्ने सांसदको छवि बनाएका सभापति पोखरेल अमेरिकी सांसदको कार्यक्रममा भाग लिन अमेरिकमा आएका हुन् । अमेरिकामा सांसद पोखरेललाई बिभिन्न राज्यका नेपालीहरुले भेटघाटको कार्यक्रममा आयोजना गरेका छन् ।