मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

सभापति पोखरेलसँग ड्यालसमा अन्तरकृया हुँदै

सभापति पोखरेलसँग ड्यालसमा अन्तरकृया हुँदै


ड्यालस (अमेरिका) – अमेरिका भ्रमणमा रहनुभएका प्रतिनिधि सभाका कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलसँग शुक्रबार एनआरएन टेक्सस च्याप्टरले ड्यालसमा अन्तरकृया आयोजना गर्ने भएको छ ।
 
जुलाई २६ तारिक शुक्रबार साँझ टेक्ससको युलेसस्थित फिस्टेल रेस्टुँरामा पोखरेलसँग अन्तरकृया आयोजना गर्न लागिएको एनआरएन अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले जानकारी दिए । गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषयमा अन्तरकृया केन्द्रित रहेर साँझ ७ बजेदेखि अन्तरकृया हुने जनाइएको छ ।
 
संबिधानमा व्यबस्था भएको गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषयमा ऐन, नियमावली संसदको कानुन न्याय समितिमा छलफलको क्रममा छ । पोखरेलसँग छलफल गरेर चाँडो निचोढमा पुग्न बल पुग्ने भएकोले भ्रमणको अवसरमा अन्तरकृया कार्यक्रम राखिएको अर्यालले बताए ।