न्यूयोर्क (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अायोजनामा अाउँदो शनिबार न्यूयोर्कमा हुने भनिएको एनअारएन अमेरिका उम्मेदवार वहश कार्यक्रम स्थगित भएको छ ।
एनआरएनए अमेरिकाको आसन्न निर्वाचन र आकांक्षी उम्मेदवारहरुविच छलफल गर्न आयोजना गर्न लागिएको 'नेजा-एनआरएनए बहस-२०१९' को न्यूयोर्क कार्यक्रम स्थगित भएको नेजाले जनाएको छ । मे महिनाको ११ तारिख शनिवार न्यूयोर्कमा वहश गर्ने नेजाको तयारी थियो ।
नेजाको कार्यसमितिको निर्णयानुसार एनआरएनएको आसन्न निर्वाचन र आकांक्षी उम्मेदवारहरुकाबिच अमेरिकाका बिभिन्न शहरहरुमा बहस कार्यक्रमको आयोजना गरिएका छन् । भर्जिनियामा पहिलो कार्यक्रम, लस एन्जलसमा दोस्रो बहस कार्यक्रम हुँदै गत मे ५ तारिख नेजाको वार्षिक साधारण सभाको अवसर पारेर ड्यालसमा भव्य रूपमा तेस्रो बहस कार्यक्रम सम्पन्न भईसकेको छ ।
एनआरएनए अमेरिका निर्वाचन समितिकानुसार आगामी १८ र १९ तारिख सम्पन्न हुनगैरहेको एनआरएनए अमेरिकाको निर्वाचनका लागि अध्यक्ष पदका तीनै प्रतिस्पर्धीहरु सुनिल साह, सुर्य लम्साल र सञ्जय थापा 'चुनावी कार्यक्रमका लागि अन्य राज्यहरुमा पनि पुग्नैपर्ने भएकाले' अध्यक्ष पदका प्रत्याशीहरुको कार्यब्यस्ततालाई मध्यानअजर राखेर मे ११ तारिख न्यूयोर्कमा आयोजना गरिने सम्पूर्ण तयारी पुरा भएको बहस 'नेजा-एनआरएनए बहस – २०१९, न्यूयोर्क' स्थगित भएको नेजाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा उल्लेख गरिएको छ-यसबाट हाम्रो कार्यक्रमका लागि टिकट लिनुभईसकेका बिभिन्न पदका उम्मेदवारहरु र हाम्रा शुभ-चिन्तकरहरुलाई पर्न गएको असुबिधाप्रती क्षमा याचना गर्दछौं । साथै, नेजा-एनआरएनए बहसका लागी उपस्थिती, साथ, समर्थन र उर्जा प्रदान गराईदिनुभएका सबैप्रती आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं ।
प्रतिक्रिया