मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको नेतृत्वका लागि २ सय ३१ उम्मेदवार

एनआरएनए अमेरिकाको नेतृत्वका लागि २ सय ३१ उम्मेदवार


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअारएन) अमेरिकाको कार्यसमिति, केन्द्रिय प्रतिनिधि आईसीसी सदस्य, च्याप्टर पदाधिकारीका लागि २ सय ३१ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सुनिल शाह, सञ्जय थापा र सूर्य लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

वरिष्ठ उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । अमृत सापकोटा, अर्जुन बञ्जाडे, इन्दिरा त्रिपाठी र नारायण कँडेलले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

हरेक क्षेत्रका उपाध्यक्षमा २/२ जनाको उम्मेदवारी परेको छ । नर्थइष्टबाट बीअार लामा र महेश मल्लको उम्मेदवारी परेको छ । मिडवेष्टबाट बाला घिमिरे र बुद्धि सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।

साउथवेस्टबाट थलराज पन्त र कृष्णजीबी पन्तको उम्मेदवारी परेको छ । वेस्टबाट रामबाबु पाण्डे र सर्वज्ञ वाग्लेले उम्मेदवारी दिएका छन् ।

महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् । यो पदमा अञ्जन चाैलागाइ, पशुपति पाण्डे र गोपेन्द्र भट्टराइले उम्मेदवारी दर्ता गरेका छन् ।

सचिवमा अोक्लाहोमाका अमृतबाबु कट्टेल र टेक्ससका भानु खरेलले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा प्रशन्न सङ्ग्राैला, रबिन बज्राचार्य र बन्धु पोखरेलले उम्मेदवारी दिएका छन् । त्यस्तै सहकोषाध्यक्षमा सतीशकुमार अोझा, सन्तोष विष्ट र अर्का एकजनाले उम्मेदवारी दिएका छन् ।

बोर्ड अफ डाईरेक्टरमा भने ४० जनाको उम्मेदवारी परेको छ ।  बोर्ड अफ डाइरेक्टरमा १२ जना निर्वाचित हुन्छन् । यो पदमा श्रद्धा अधिकारी, सुवर्ण पोखरेल, जीवन जोशी, पदम ठकुराठी, भुवन अधिकारी, देवराज न्याैपाने, तुलसी चाैलागाइ, विशाल राना, टेकराज पाैडेल, तीलक केसी लगायतले उम्मेदवारी दिएका छन् ।

स्टेट च्याप्टर मध्ये क्यालिर्फोनिया, कोलोराडो, इण्डियना, वाईवा, केन्सस, न्यूहेमेस्पियर, न्यूजर्सी, न्यूमेक्सिको, ओर्यागन, वासिंटन स्टेटमा नेतृत्व लगभग सर्वसम्वत भएको छ ।

केही स्टेटमा पर्याप्त उम्मेदवारीनै परेन । अध्यक्ष पदमा मात्र उम्मेदवारी पर्ने राज्य पनि छन् ।

आईसीसी मेम्बरमा भने ११ जनाको उम्मेदवारी परेको छ । आईसीसी मेम्बरमा ७ जना निर्वाचित हुन्छन् ।

उम्मेदवारको सुची भने मंगलवार मात्र सार्वजनिक हुने छ । उम्मेदवारले मे ३ सम्म नाम फिर्ता लिन सक्ने छन् । मे ७ मा मात्र उम्मेदवारको अन्तिम सुची प्रकाशित हुने छ ।