मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको निर्वाचन तालिका सार्वजनिक

एनआरएनएको निर्वाचन तालिका सार्वजनिक


न्यूयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आउँदो मे १८ र १९ तारिक हुने भएको छ ।
 
निर्वाचन समितिले आइतबार कार्यतालिका प्रकाशित गर्दै मे १८ तारिक ८ बजे अनलाइनबाट मतदान प्रकृया सुरु गरेर १९ तारिक राति ११ः५९ मा बन्द गर्ने गर्ने जनाएको छ । मतदान सकिएपछि मतगणना सुरु भएर २१ तारिकमा परिणाम प्रकाशित गर्ने समेत समितिले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
 
एनआरएनएका प्रमुख निर्वाचन अधिकृत विश्वराज बरालद्वारा प्रकाशित सूचनामा जनाइए अनुसार यही अप्रिल १४ तारिकमा उम्मेदवारको मनोनयन सुरु भएर १७ तारिकसम्म दर्ता गरिसक्नुपर्नेछ । अप्रिल २३ तारिकमा निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो सूचि प्रकाशित गर्नेछ । 
 
उम्मेदवारहरु उपर दावी विरोध भएमा अप्रिल २५ भित्र गरिसक्नुपर्नेछ । समितिले २७ तारिकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
 
एनआरएनएको सदस्यहरुको नामावली आउँदो अप्रिल १३ तारिकमा प्रकाशित गर्ने उल्लेख छ । एनआरएन अमेरिकाको आजीवन सदस्य ६ सय ८५ छन् भने साधारण सदस्य ८ हजार एकसय ५० छन् । नवीकरण गरेको पुराना आजीवन सदस्य तीनसय ६५ छन् ।
 
समितिले निर्वाचन तालिका प्रकाशित गरेसँगै चुनावी सरगर्मी तातेको छ । त्यसैक्रममा आइतबार साँझ ड्यालसमा जनसम्पर्क र प्रवासी मञ्चको संयुक्त बैठक समेत बसेको छ । 
एनआरएनए अमेरिकाको अध्यक्षदेखि बोर्ड अफ डाइरेक्टरसम्म २४ पदमा चुनाव हुनेछ । त्यस्तै आइसीसी सदस्यमा सात सिटका लागि पनि चुनाव हुनेछ । अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क २ हजार डलर तोकिएको छ। 
आइसीसी मेम्बरका लागि उम्मेदवारी शुल्क एकहजार निर्धारण भएको छ । 
 
अमेरिकाका ५० राज्यहरु मध्य २० वटा राज्यमा च्याप्टरका लागि पनि चुनाव हुनेछ । च्याप्टरका ११ पदमा चुनाव हुनेछ ।  एकसयभन्दा बढी सदस्य भएको राज्यहरुमा मात्र च्याप्टर रहनेछन् । 
 
एनआरएनएको विद्यान अनुसार निवार्चन निष्पक्ष र स्वच्छमा सम्पन्न गर्न निर्वाचन समिति कठिवद्ध रहेको प्रमुख निर्वाचन आयुक्त बरालले वताए । सवैलाई निर्वाचन निष्पक्ष र धांधली रहित रुपमा हुन्छ भन्नेमा विश्वस्त हुन पनि उनले आग्रह गरेका छन् ।
 
एनआरएनए अमेरिकाका विगतमा भएको दुई निर्वाचनमा चित्त नबुझी हार्ने पक्ष अदालत गएका थिए । त्यहाँ निर्वाचन समितिलाई पनि विपक्षी वनाईएको थियो ।
 
निर्वाचन तालिका घोषणा सगैं एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति कामचलाउ भएको छ । निर्वाचन आचारसंहिताका कारणले पनि वर्तमान कार्यसमितिले नयाँ निर्णयहरु लिन मिल्दैन ।
 
एनआरएनएको चुनावी सूचना र कार्यतालिका: