हिमालयखव संवाददाता
डेनभर (कोलोराडो) – गैर आवासिय नेपाली संघ अमेरिका (एनआएन अमेरिका) को सदस्य हुने समय तीन दिन बाँकी रहँदा सदस्य संख्या करिब ४ हजार पुगेको छ ।
सदस्यका लागि निवेदन दिएका तर, भेरिफाई भईनसकेका समेत जोड्दा यो संख्या करिव ६ हजारको हाराहारीमा हुने एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले जानकारी दिए । ‘पछिल्ला दिनमा सदस्यता लागि फारम भर्नेको संख्या बृद्धि भएको छ पौडेलले हिमालयखवरसँग भने यो संख्या बाँकी दिनमा अझ बढने छ । मैले सदश्य लिन नेपाली समुदायले उत्साहित भएको पनि पाएको छु,‘ पाैडेलले भने ।
एनआरएन अमेरिका प्रति नेपाली समुदाय सकरात्मक रहेको बताउँदै अध्यक्ष पौडेलले यहाँ बाहिर हल्ला गरिएजस्तो कुनै विवाद नरहेको दावी गरे । निहित स्वार्थ भएकाहरु र एनआरएन अभियान नवुझेकाले मात्र एनआरएन अमेरिकाको सदस्यताको विषयलाई विवादस्पद भनेका छन् डा पौडेलले दावी गरे यो एउटा समाजिक संस्था र अभियान भएकाले यहाँ सवेलाई स्थान रहेको छ ।
‘म नेतृत्वमा अहिले छ, म पछि अर्को व्यक्ति नेतृत्वमा आउनु हुन्छ यो निरन्तर चल्ने प्रजातान्त्रिक प्रकृया हो डा पौडेलले भने नेतृत्व कस्तो छान्ने यो अमेरिका वस्ने नेपाली समुदायले निर्णय गर्ने कुरा हो,‘ उनले भने ।
अघिल्लो पटक अमेरिकावाट करिव १५ हजार सदश्य भएका थिए । एनआरएनए विदेशमा वस्ने नेपालीको पक्षमा लविङ गर्ने संस्था हो । करिव ८० देशमा एनआरएनएको संगठन विस्तार भएको छ । अहिलेसम्म एनआरएन अमेरिका सवैभन्दा वढी सदश्य रहेको संस्था हो ।
एनआरएन अमेरिकाको सदश्यता अनलाइनवाट लिन सकिन्छ । संस्थाको आधिकारिक वेभसाइटमा गएर छोटो फारम भरेपछि फोटो र परिचयपत्र राख्न ठाउँ आउँछ । सदस्यता लिन २० डलर शुल्क लाग्छ ।
प्रतिक्रिया