मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको वर्तमान नेतृत्व विरुद्ध अर्को मुद्दा, विज्ञ सम्मेलन र साधारण सभा यथावत् हुने

एनआरएन अमेरिकाको वर्तमान नेतृत्व विरुद्ध अर्को मुद्दा, विज्ञ सम्मेलन र साधारण सभा यथावत् हुने


हिमालयखवर संवाददाता
अमेरिका-
एनआरएन अमेरिकाकाको वर्तमान नेतृत्व अवैधानिक दाबी गर्दै अमेरिकी अदालतमा मुद्दा दायर भएको छ । तर, यसरी मुद्दा दायर भए पनि अमेरिकामा जुन १६ र १७ मा हुने विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको सातौँ वार्षिक साधारण भने नरोकिने भएको छ । 
 
हामीलाई अदालतमा मुद्दा परेको कुनै आधिकारिक जानकारी छैन, एनआरएन अमेरिकाका प्रवक्ता विनोद तिवारीले भने दुवै कार्यक्रम यथावत् रूपमा सञ्चालन हुन्छन् यसमा कसैलाई भ्रममा नपर्न म आग्रह गर्छु । 
 
एनआरएन अमेरिकाको वर्तमान नेतृत्व फर्जी मतदाता बनाएर आएको भन्दै कानुनी रूपमा एनआरएन अमेरिका दर्ता भएको टेनेसी अदालतमा मंगलवार करिब साढे ४ बजे तिर मुदा दर्ता गरिएको थियो । एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवार रविना थापाले आफूलाई गलत रूपमा पराजित गरिएको भन्दै अदालतमा गएकी हुन् ।
 
एनआरएन अमेरिकाले भने वर्तमान नेतृत्व सहमति र सम्झौताका लागि सधैँ तत्पर रहँदै आएको छ तिवारीले भने प्रजातान्त्रिक देशमा अदालतमा जाने अधिकार हुन्छ र एनआरएन अमेरिकालेपनि यसको कानुनी रूपमै प्रतिवाद गर्ने छ ।
 
एनआरएन अमेरिकाका अन्य पदाधिकारीले पनि अदालतमा मुद्दा दायर गर्नु कुनै अनौठो विषय नभएको बताएका छन् । एनआरएन अमेरिकाका १५ हजार सदस्यलाई नै अदालतमा जाने अधिकार हुन्छ यसको जवाफ अदालतमै दिने हो कार्यसमितिका सदस्यले भने सहमतिका नाममा कसैलाई बढ्दा स्थान दिनुपर्छ भने छैन यो कुनै ठुलो विषय होइन पहिला पनि पटक पटक मुद्दा परेको हो ती मुद्दा गर्ने अहिले कहाँ छन् त्यो पनि हेरौँ ।
 
उक्त सम्मेलनमा नेपालबाट मन्त्री, राजनीतिक पार्टीका नेता, एनआरएनए अध्यक्ष उपाध्यक्ष, महासचिव लगायत विभिन्न देशका एनआरएन सहभागी हुने कार्यक्रम छ ।
 
यो मुद्दानै हास्यास्पद भएको अर्का कार्यसमितिका पदाधिकारीले दाबी गरे । त्यही कार्यसमितिले छानेको प्रतिनिधिमण्डको सदस्य भएर विश्व सम्मेलनमा भाग लिने चुनाव, उठ्ने भोट पाउने अहिले मुद्दा हाल्नेको नैतिकता माथि पनि प्रश्न उठ्न नि ती पदाधिकारीले भने ।