मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

सिनेटर टेड कु्रजले नेपालीको टीपीएस नविकरणका लागि सघाउने

सिनेटर टेड कु्रजले नेपालीको टीपीएस नविकरणका लागि सघाउने


अमेरिका- गैर आवासीय नेपाली संघ अमेरिकाले मंगलवार सिनेटर टेड कु्र्रजलाई भेटेर नेपालीले पाएको टीपीएस सुविधा नविकरणका लागि सहयोग गर्न आग्रह गरेको छ । 
 
 अध्यक्ष डा केशव पौडेलको नेतृत्वमा गएको टोलीले सिनेटर क्रुजलाई नेपालको वर्तमान अवस्थाको जानकारी दिदैं टीपीएस नविकरण नभए नेपालीहरूमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे जानकारी गराएको एनआरएन अमेरिकाको विज्ञप्तिमा उल्लेख छ । 
 
विज्ञप्तिमा अनुसार उक्त अवसरमा सिनेटर कु्रजले भूकम्प पश्चात् नेपालको आर्थिक र नेपाली समुदायलाई पर्न गएको प्रभावबारे आफू जानकार भएको र टीपीएस नविकरणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने आश्वासन दिएका थिए । 
 
टेक्सस राज्यका सिनेटर क्रुज अमेरिकाका प्रभावशाली राजनीतिज्ञ हुन् । पुरानो पार्टी रिपव्लिकनलाई प्रतिनिधित्व गर्ने क्रुज गत अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति पदका आंकाक्षी थिए । निकै प्रतिस्पर्धामा उनको सट्टा रिपव्लिन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार भएका थिए ।

शेयर गर्नुहोस:

0
Shares