मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नेपालमा कमोडेटी एक्स्चेञ्ज खोल्न एनआरएन सकृय

नेपालमा कमोडेटी एक्स्चेञ्ज खोल्न एनआरएन सकृय


हिमालखवर संवाददाता
काठमाडौं- विदेशमा बस्ने नेपाली (एनआरएन)ले  नेपालमा बस्तुको अनलाइन कारोबार कमोडेटी एक्स्चेञ्ज खोल्ने प्रकृया अगाडी बढाएका छन् । विदेशी साझेदार बेलायतको ग्लोबल मार्केट एक्स्चेञ्ज ग्रुप इन्टरनेश्नल एलएलपी (जीएमईएक्स) र गैर आवासीय नेपालीले लगानी हुने गरी नेपालमा कमोडेटी एक्स्चेञ्ज खोल्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइएको हो ।
 
नेपाल कमोडेटी एक्स्चेञ्ज लिमिटेड छोटकरीमा एनईएक्स नामको कम्पनी खोल्ने गरी धितोपत्र बोर्डमा जीएमईएक्स र गैर आवासीय नेपालीले संयुक्त रूपमा निवेदन दिएका हुन् । 
 
यसमा एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी लगायत थुप्रै पदाधिकारीले लगानी गर्दै छन् ।
अमेरिकाबाट गौरी जोशी पनि उक्त कम्पनीका एनआरएन मध्येका प्रमुख लगानीकर्ता हुन् । जोशी प्रस्तावित उक्त कमोडेटी एक्चेञ्जका सञ्चालक पनि छन् । 
 
यसका अन्य संचालकमा तुलसी प्रसाद उप्रेती अध्यक्ष, डा बद्री केसी सञ्चालक, हरिन्दर मिश्र सञ्चालक, गोवा कटुवाल सञ्चालक छन् । संस्थालाई आवश्यक पर्ने प्रविधि, ज्ञान, सिप र रणनीतिक साझेदारी सँग संयोजन गर्न लोकराज शर्मालाई जिम्मेवारी दिइएको छ । उनी सञ्चालक पनि हुन् । 
 
नेपालमा कमोडेटी एक्स्चेञ्को कारोबार नयाँ होइन । तर, धितोपत्र बोर्डले कानुन बनाएपछि लाइसेन्स लिएर कमोडेटी एक्स्चेञ्ज गर्ने कम्पनी खुलेको छैन । धितोपत्र बोर्डमा यसरी नेपालमा कमोडेटिज एक्स्चेञ्ज खोल्न निवेदन परेको पहिलो पटक हो । यस्तो कम्पनी मार्फत सुन, कच्चा तेल, खाद्यान्न लगायत थुप्रै वस्तुको अनलाइन कारोबार हुन्छ । न्यु योर्क, लण्डन, टेक्ससको ह्यूस्टन कमोडेटी कारोबारका गर्ने प्रमुख सहर हुन् । 
 
यो कम्पनीका लागि ५१ करोड रुपैंया लगानी हुने छ । यो चुक्ता पुँजी हो । यसमा ५१ प्रतिशत शेयर जीएमईएक्सको लगानी रहने छ । भट्ट, जोशी लगायत अन्य गैर आवासीय नेपालीको शेयर लगानी ५ प्रतिशतभन्दा कम हुने छ । 
 
हामी नेपालमा नयाँ नयाँ लगानी लैजान चाहान्छौं जसले नेपालको अर्थतन्त्रलाई थप फाइदा पुगोस सञ्चालक जोशीले भने धितोपत्र बोर्डले हामीलाई त्यहाँ काम गर्ने मौका दिन्छ भन्ने मलाई लाग्छ । 
 
गत जुलाई महिनामा नेपालको संसद्ले कमोडेटिज मार्केट एक्स्चेञ्ज एक्ट २०१७ स्वीकृत गरेको थियो । यस अनुसार धितोपत्र बोर्डले नियमावली बनाएको थियो । यो नयाँ कानुनले नेपालमा काम गर्दै आएका पुराना कमोडेटिज एञ्स्चेञ्जलाई वन्देज लाएको थियो ।
 
नेपालमा यस्तो मार्केट खोल्न कम्तीमा ५ वर्ष कमोडेटिज एक्स्चेञ्जमा काम गरेको विदेशी कम्पनी साझेदार हुनै पर्छ । चुक्ता पुजीं पनि ५० करोड रुपैंया भन्दा बढी हुनु पर्छ । यो प्रकृया पुरा गरेर निवेदन दिने एईएक्स पहिलो कम्पनी हो ।