मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेब्रुअरी १७ मा हेल्पडेस्क

फेब्रुअरी १७ मा हेल्पडेस्क


लसएन्जल्स (अमेरिका) – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकामा रहेका नेपालीहरूलाई सेवा दिनका लागि हेल्प डेस्कको स्थापनाका साथै फेब्रुअरी १७ तारिखमा टोल फ्रि नम्बर सहितको हेल्पडेक्स सञ्चालनमा ल्याउने भएको छ ।
 
फेब्रुअरी १७ बाट टेक्ससको अष्टिनबाट सञ्चालनमा ल्याउन लागिएको सो टोल  फ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरू सँग सेवाग्राहीलाई जोड्ने तथा प्रत्यक्षरुपमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको एनआरएन अमेरिकाको उपाध्यक्ष तथा  हेल्प डेस्क समिति का संयोजक उमा कार्की थापाले  जानकारी दिनुभएको छ ।
 
हेल्प डेस्क समिति संयोजक उमा कार्की थापाले दिएको जानकारी अनुसार हेल्प डेस्कले सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनुका साथै अमेरिकाभरि रहेका सङ्घ संस्थाहरूको संस्थाहरूको सहयोग र सहकार्यमा आवश्यकतामा रहेका अमेरिकी नेपालीहरूलाई अन्य दक्ष र सक्षम नेपालीहरू सँग जोडी सहयोगको वातावरण सिर्जना गराइने छ । 
 
अमेरिकाभरि रहनुभएका सामाजिक अभियान्तहरु एंव सम्पुर्ण सरोकार वालाहरुलाई उहाँले यसै भिंडियों  मार्फत निमन्त्रणा गर्दै सबै प्रति कार्यक्रम सहभागिताको निम्ति आह्वान गरेकी छिन् ।