मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन क्यालिफोर्निया च्याप्टर द्वारा पदस्थापन तथा हस्तान्तरण कार्यक्रम हुँदै

एनआरएन क्यालिफोर्निया च्याप्टर द्वारा पदस्थापन तथा हस्तान्तरण कार्यक्रम हुँदै


क्यालिफोर्निया लसएन्जल्समा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको क्यालिफोर्निया च्याप्टरले २० जनवरी २०१८ मा आफ्नो पदस्थापन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरिने भएको छ ।
 
गत  डिसेम्बर ३ मा बसेको बैठकले पदस्थापन, हस्तातरण र  बिदाइ कार्यक्रम  लस एन्जलसको स्थित तारा हिमालयन कुजिन आर्टेसियामा हुनेछ कार्यक्रममा पुरानो कार्यसमितिको साथीहरूलाई बिदाइ, नयाँहरूलाई स्वागत, शपथ र पदस्थापनका साथै एनआरएन अमेरिकाको हेल्प डेस्क,  लगायतका विषयहरूमा छलफल गरिने छ ।
 
उक्त कार्यक्रममा च्याप्टर अध्यक्ष रामबावु पाण्डेको अनुसार एनआरएन अमेरिका र अमेरिका भरीका चाप्टरका प्रतिनिधिहरूलाई निमन्त्रणा गरी सकिएको र साथै क्यालिफोर्निया स्थित सम्पूर्ण स्थानीय  संघ-सस्थाहरुलाई  यसै सूचना मार्फत निमन्त्रणा समेत गरिएको छ ।
 
कार्यकार्यक्रममा सस्थाले हालसम्म गरेको काम र १ वर्ष भित्र गर्ने कार्य योजना समेत प्रस्तुत गरिने छ ।