मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

२०१७ को ट्याक्स कहिले फाइल गर्ने ?

२०१७ को ट्याक्स कहिले फाइल गर्ने ?


हिमालयखवर संवाददाता
अमेरिका – सन् २०१७ को डिसेम्बर अन्तिम साता अमेरिकाको नयां कर नीति आयो । थुप्रै परिवर्तनहरु गरिए । विगत ३० बर्ष यताकै सवैभन्दा ठुलो कर नीति परिवर्तनका रुपमा यसको व्याख्या भयो । तर, सन् २०१७ को ट्याक्स (कर) फाइल गर्दा यसलाई वेवास्ता गर्दा हुन्छ । नयां कर नीतिले २०१७ को आम्दानीलाई छुदैंन, असर पार्दैन । 
 
ट्याक्स फाइल कहिले गर्ने ? अमेरिकाको राजश्व विभाग आईआरएस विहिवार गत बर्षको ट्याक्स फाइल जनवरी २९ सोमवारवाट गर्न सकिने जनाएको छ । तर, छिटो गर्नु छैन भने आउने अप्रिल १७ सम्म ट्याक्स फाइल गर्न सकिन्छ । यदी यो अवधिसम्म पनि कुनै कारणवश भ्याईएन भने ६ महिना थप समय माग गर्न सकिन्छ । तर, थप समय पाए पनि कर तिर्नु पर्दैन भन्ने होइन ।
 
अमेरिकाका प्रत्येक नागरिक र स्थायी रुपमा बसोबास गर्ने तथा काम गर्नेले प्रत्येक बर्ष कर दाखिला गर्नु पर्ने नियम छ । अमेरिकाको नागरिकता छ र विदेशमा आर्जन गरेको छ भने पनि आम्दानी खर्च विवरण देखाउनै पर्छ । उदाहरणका लागि अमेरिकाको नागरिकता लिएर नेपालमा कुखुरापालन गरेर आम्दानी भयो भने पनि यसको हरहिसाव विवरण आईआरएसलाई दिनु पर्छ । 
 
यसमा कर लिनु पर्ने भए कति लाग्छ आईआरएसले तोक्छ । ६ महिना थप समय माग्दा पेनाल्टी तिर्नु पर्दैन तर, तोकेको कर दाखिला भने गर्नु पर्छ । कर दाखिला फिर्ता पाइन्छ भनेपनि प्राप्त हुन्छ ।
 
तर, जनवरी २९ पछि जति छिटो ट्याक्स फाइल गर्यो फिर्ता त्यत्ति छिटो पाइन्छ । केही अपवाद वा जटिल प्रकृत्तिका हरहिसाव बाहेक प्राय सवै अवस्थामा फाइल गरेको २१ दिन भित्र कर फिर्ता हुने आईआरएसले जनाएको छ ।
 
ट्याक्स रिटर्नका लागि रोजगार दिनेले डव्लु २ फारम दिन्छन । नियमित आम्दनी गरेर डब्लु २ पनि छ भने आफैंले घरमै वसेर अनलाइनमा पनि ट्याक्स रिटर्न फारम भर्न सकिन्छ । तर, केही जटिलता छन् भने कर विज्ञलाई सम्पर्क गर्दा सजिलो पर्छ । अनलाइनमा भर्दा पनि के के कट्टा गर्न पाइन्छ यसवारेमा भने जानकारहरुसंग सल्लाह र सुझाव लिदां फाइदा हुन्छ । ताकी लेनदेन जे भए पनि सही होस । 
 
समान्य र नियमित आम्दानी हुने अधिकांशले केही न केही कर फिर्ता पाउंछन् ।  यसले गर्दा ट्याक्स फिर्ता हुने समयमा बजारमा भने किनबेच वढ्छ । कयौंले बर्षभरी तिरेको कर फिर्ता हुदां यो पैसा कसरी खर्च गर्ने योजना समेत वनाउंछन् ।