मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन टेक्सस च्याप्टर द्वारा अन्तरक्रिया

एनआरएन टेक्सस च्याप्टर द्वारा अन्तरक्रिया


हिमालय खबर सम्बाददाता
ड्यालस, टेक्सस (अमेरिका)- गैर आवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको टेक्सस च्याप्टरको आयोजनामा टेक्सस राज्यमा रहेका बिभिन्न संघ संस्थाहरु संगको अन्तरक्रिया, कमिटिको पद तथा गोपनियता को सफत ग्रहणको कार्यक्रम आज टेक्ससको ड्यालस स्थित नेपाली मन्दिरको हलमा सम्पन्न भयो। 
 
एनआरएन टेक्सस च्याप्टरको अध्यक्ष भानु खरेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको संचालन कमिटिका महासचिब पदम ठकुराठीले गर्नु भएको थियो।
 
कार्यक्रममा एनआरएन अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष, प्रबक्ता, मेडिया कोअर्डिनेटर, युथ मेडिया कोअर्डिनेटर, ४ बोर्ड अफ डाइरेक्टर लगायत झन्डै टेक्सस क्षेत्रमा रहेका स्थानीय तथा केन्द्रीय संस्थाका गरि जम्मा ४० जति संघ संस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। निकै लामो समय पछि भएको यो ड्यालसको ठूलो जमघट हो। 
 
कार्यक्रममा एनआरएन टेक्सस च्याप्टरको टीमलाई बरिष्ठ उपाध्यक्ष सुनिल साहले पद तथा गोपनियताको सफत गराउनु भयो। टेक्सस च्याप्टरको टीममा अध्यक्ष भानु खरेल, उपाध्यक्ष द्रोण गौतम, महासचिब पदम ठकुराठी, कोषाध्यक्ष सतिश ओझा, महिला कोअर्डिनेटर ज्योति ओझा, युथ कोअर्डिनेटर रुपेश नेउपाने, सदस्यहरु जगदीश काफ्ले, अनु रिमाल, निलिमा श्रेष्ठ, अमरनाथ साह, आनन्द कुमार यादब हुनुहुन्छ। 
 
एनआरएन टेक्सस च्याप्टरको भब्य कार्यक्रम भइरहदा सोही बिल्डिंगको अर्को हलमा भने मन्दिरको बोर्ड अफ ट्रष्टिको मिटिंग पनि भै रहेको थियो। यसो हेर्दा लाग्थ्यो समाजमा समन्वय छैन। एनआरएन टेक्सस च्याप्टरको अन्तरक्रिया कार्यक्रम भइरहदा एनआरएन कै पदाधिकारीहरु एनआरएन कै कार्यक्रममा छोडेर अर्को बैठकमा जानुले सवै सहभागीहरुले असहज मानेका थिए। 
 
यस सम्बन्धमा  अध्यक्ष भानु खरेल संग सम्पर्क गर्दा उहाले बोर्ड ऑफ ट्रस्टीका अध्यक्ष बिनय आर्याल संग कुरा गरेर १ बजे देखि ३ बजे सम्म एन आर एन टेक्सस च्याप्टरको कार्यक्रम संचालन गर्ने र ३ बजे बाट मात्र बोर्ड ऑफ ट्रस्टीको मिटिंग बस्ने सहमति भएको जानकारी गराउनु भयो। 
 
कार्यक्रममा धेरै सहभागीहरुले अन्तरक्रियामा भाग लिए र आफ्नो जिज्ञासा राखे। जिज्ञासाको जवाफ भने बरिष्ठ उपाध्यक्ष सुनील साह तथा प्रबक्ता बिनोद तिवारीले दिनुभयो।  यस कार्यक्रममा टेक्सास राज्यका ड्यालास बाट ५ घण्टाको दुरीमा रहेको ह्युस्टन, तीन घण्टाको दुरीमा रहेको अस्टिन लगायत २ – ३ घण्टा वरपरका अन्य ८- १० शहरहरुका व्यक्तिहरुको बाक्लो  सहभागिता रहेको थियो।