ग्लोबल नेपाली

एनआरएनको अध्यक्षमा जमुना घलेको उम्मेदवारी

एनआरएनको अध्यक्षमा जमुना घलेको उम्मेदवारी


हिमालय खबर संवाददाता 
काठमान्डौं- गैर आवासीय नेपाली संघ(एनआरएन)को अन्तर्राष्ट्रिय समन्वय समितीको अध्यक्षमा जमुना घलेले पनि आफनो उम्मेदवारी घोषणा गरेकी छन । 
 
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितीकोको विश्व सम्मेलन शुरु हुनु दुइ दिन अघि काठमान्डौंको  रेडिशन होटलमा बिहीवार एक पत्रकार सम्मेलनमार्फत जमुनाले आफनो उम्मेदवारी घोषणा गरेकी हुन । 
 
पत्रकार सम्मेलनमा उनले एनआरएन डेलीगेटसहरुको आग्रह एवं गैर आवासीय नेपाली संघका मुख्य स्टकहोल्डरहरुको विश्वास र अपेक्षालाइ निरन्तरता दिन आफुले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी बताएकी छन । 
 
एनआरएनका वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना घलेले व्यवसाय वा समाजसेवामा आफु जहिल्यै पनि आफनै पहिचानमा उभिन रुचाएको उल्लेख गर्दै  आफनो उम्मेदवारीलाइ संकीर्ण आँखाले नहेरीदिन अनुरोघ समेत गरेकी छन । 
 
उनले भनेकी छन – नेपालीका लागी नेपाली भन्ने पवित्र उदेश्यसहित शुरु भएको  यो संस्थाले पछिलला दिनमा  देशभित्र र बाहिर पनि आफनो शाखलाइ स्थापीत गर्न सफल भएको छ । तर, यो सँस्थाको अथाह संभावना र अवसरलाइ अझैपनि उपयोग गर्न नसकिएको मेले महसुश गरेकी छु । 
 
अध्यक्षमा एनआरएनका वर्तमान उपाध्यक्ष भवन भटटले यस अघि नै  आफनो उम्मेदवारी घोषणा गरेका छन ।