मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

डिल्ली राज सिलवाल(सिदार्थ) क्यालिफोर्निया च्याप्टरको युथ कोओर्डिनेटर पदमा निर्विरोध

डिल्ली राज सिलवाल(सिदार्थ) क्यालिफोर्निया च्याप्टरको युथ कोओर्डिनेटर पदमा निर्विरोध


लसएन्जलस(अमेरिका)- एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा क्यालिफोर्निया लसएन्जलसबाट डिल्ली राज सिलवाल(सिदार्थ) क्यालिफोर्निया च्याप्टरको युथ कोओर्डिनेटर पदमा  निर्विरोध  भइसकेका छन् ।
 
लसएन्जल्सको पुरानो संस्था नेपाल अमेरिका एकता समाजमा उपाध्यक्षमा रहेर धेरै उदाहरणीय काम गरिसकेका सिलवाल  एक सफल व्यवसायी र सामाजिक अभियन्ताका रूपमा परिचित छन् । एनआरएनलाई साझा सञ्जालको रूपमा विकास गराउन आफ्नो महत्त्वपूर्ण भूमिका हुने उनी वताउछन् ।
 
राजनीति भन्दा पनि बढी सामाजिक रूपले नेपाली समाजलाई उन्नत बनाउन प्रतिवध्द हुने र एनआरएन अमेरिकामा दीर्घकालीन ढङ्गले  क्यालिफोर्निया च्याप्टरलाई मज़बूत बनाउँदै केही नयाँ काम गरेर अघि बढ्ने उनको योजना छ ।
 
संस्थाको विधि, दीगोपन र सिर्जनामा विश्वास राख्दै एनआरएनको संस्थागत विकास ,स्वतन्त्र,निष्पक्ष अनि तटस्थ एन आर एन,स्वच्छ,सबल र सक्षम नेतृत्व चयन गर्ने अभियानमा  जुटेर सबै लागौ भन्दै सिलवालले अबको एन आर एन लाई हामी सबैको साझा बनाउने पक्षमा आफू प्रतिबध्दता रहेको विचार व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares