ग्लोबल नेपाली

एनआरएन अमेरिका निर्वाचन समितिले आफ्नै तालिका अनुसार काम गर्न सकेन

एनआरएन अमेरिका निर्वाचन समितिले आफ्नै तालिका अनुसार काम गर्न सकेन


हिमालयखबर संवाददाता
अमेरिका- एनआरएन अमेरिका निर्वाचन समिति आफैंले तोकेको समयमा उम्मेदवारको प्रथामिक सुची निकाल्न असक्षम भएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची मंगलवार निकाल्ने तालिका सार्वजनिक गरेको थियो । 
 
भर्जिनियामा रहेको निर्वाचन समितिले पुर्व समय अनुसार मंगलवार राती १२ बजेसम्म उम्मेदवारको सुची निकाल्न सकेन । यसवारेमा कुनै सूचनापनि सार्वजनिक गरिएको छैन । 
 
निर्वाचन समितिले जुलाई १८ मा उम्मेदवार दिनेको पहिलो सूची निकाल्ने र जुलाई २४ सम्म फिर्ता लिने समय निर्धारण गरेको थियो । उम्मेदवार माथि दावी विरोध जस्ता प्रकृया पुरा गरेर जुलाई २९ मा उम्मेदवारको अन्तिम मिती सार्वजनिक गर्ने तालिका निर्वाचन समितिले दिएको थियो । यस पछि अगष्ट ११ र १२ निर्वाचन मतदान हुने तय गरिएको थियो । 
 
निर्वाचन समितिले समयमा उम्मेदवारको सूची निकाल्न नसक्दा गौरी जोशी उम्मेदवार वन्न पाएका नपाएको वारेमा अफवाह फैलिएको छ ।
 
यसै बिच मंगलवार मध्येरातमा एनआरएन अमेरिका निर्वाचन समितिले पदाधिकारीलाई पत्र पठाएर उम्मेदवारका कारणले प्रथामिक सूची समयमा सार्वजनिक गर्न नसकिएको जनाएको छ । 
 
उम्मेदवारहरुका समर्थक र प्रस्तावकहरुको सदस्य नै नभएको अवस्था, फर्ममा उम्मेदवार, प्रस्तावक र समर्थक समेतले सही गर्न छुटाउनु,  इमेल र मेलवाट डकुमेण्ट समय सीमामा नपुग्नु, उम्मेदवारीको शुल्क नतिर्नु प्राप्त नहुनु, डकुमेण्ट नोटराइज नगर्नु, अति आवश्यक सपोर्टिगं डकुमेन्ट नहुनु जस्ता समस्या देखिएको निर्वाचन समितिले जनाएको छ ।