मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका अध्यक्षका उमेदवारको विशेष अपिल

एनआरएन अमेरिका अध्यक्षका उमेदवारको विशेष अपिल


आदरणाीय अमेरिकाबासी आमा बुवा, दाजु भाइ, दिदी बहिनी र साथीहरू
 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही अगष्ट ११ र १२ मा हुन गैरहेको निर्वाचनमा मैले अध्यक्ष पदकालागी उमेदवारी दिएको  सर्वविदीतै छ । तपाँइहरुले अहिलेसम्म म प्रति देखाउँदै आउनु भएको सदभाव , माया र बिश्वासकालागी सर्वप्रथम म तपाँइहरुप्रती हृदयदेखि नै आभार व्यक्त गर्दछु । त्यही सदभाव , माया र विश्वास फेरिपनि मलाइ प्राप्त हुने अपेक्षा र समाजसेवामा थप सक्रिय हुने दृढ–संकल्पसहित यसपटकको एनआरएन अमेरिकाको निर्वाचनमा मैले अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको हुँ । 
 
यसअघि प्राप्त तपाँइहरुकै सदभाव, माया र  विश्वासले मैले एनआरएन अमेरिकाको  उपाध्यक्षको भूमिका निर्वाह गर्ने मौका पाएँ । यो मौका दिनु भएकोमा  तपाँइहरु सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । एनआरएन अमेरिकाको अहिलेसम्मको कार्यशैली, यसको साँगठनीक ढाँचा, संयन्त्र र पदीय हैसियत अनुसार एउटा उपाध्यक्षका रूपमा  मैले जे जति गर्न सक्थ्यें , त्यो मैले इमान्दारीपर्वुक गरेँ जस्तो मलाइ लाग्छ । हो, कतिपय कामहरू मैले मात्र चाहेर पुरा  गर्न सक्दैनथ्यें, सकिएन, तर मैले  कहिल्यैपनि आफ्नो इमान्दार प्रयासलाई कम हुन दिइन । यो अवधिमा मैले जे जस्तो जिम्मेवारी पाएँ, त्यो जिम्मेवारी सफतलापुर्वक सम्पन्न गरेको छु । 
 
कसरी आफना उद्देश्य र लक्ष्य प्राप्त गर्न सकिन्छ ? र त्यसका बाधक के हुन भन्ने गहिरो अनुभव लिएर यसपटक म अध्यक्षको उमेदवार बनेको छु । 
 
मेरो  उमेदवारी अमेरिकाका सबै नेपालीका लागी र  मातृभूमि–नेपालकालागी हो । नेपाली–नेपाली बिच नजोडिएको साइनो जोडने, त्यो साइनोलाइ थप बलियो एवं प्रभावकारी बनाउने र जोडिएको त्यो बलियो साइनोलाइ अमेरिकीहरुमाझपनि एउटा सम्पत्तिका रूपमा स्थापित गर्ने मेरो एउटा मात्र उद्देश्य हो । 
 
यो उद्देश्य प्राप्तीकालागी मलाइ बिकाशोन्मुख देशहरूमा  राजनैतिक निर्वाचनमा अपनाइने जस्तो  हतकण्डा अपनाउनु छैन । मेरा आफना एजेण्डाहरु छन् । र, ती एजेण्डाहरुलाइ कसरी पुरा गर्ने भन्ने मेरा आफना खाकाहरु छन् । मेरा एजेण्डा र खाकामा तपाँइहरुकापनि एजेण्डा र खाका मिसाएर  बलियो एनआरएन अमेरिका बनाउने मेरो चाहना छ ।
 
व्यक्ति बलियो भए  समाज र समाज बलियो भए राष्ट्र बलियो हुन्छ भन्ने सर्वसम्मत मान्यतामा मेरोपनि ठुलो  विश्वास छ । यही विश्वासका आधारमा मैले  एजेण्डाहरु तय गरेको छु ।  हामी जस्ता अप्रवासीहरुको कर्तव्य र दायित्व  एउटा होइन , दुईवटा राष्ट्रसँग जोडिएको छ । हामीले कर्मको मात्र सन्तुलन होइन , भावनाकोपनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्धन्द्धी भएपनि र पछि जो जोले जितेपनि हामीसँग  कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठुलो जिम्मेवारी छ । 
 
यहाँनेर म एउटा कुरा स्पष्ट पार्न चाहन्छु– म समाज र व्यक्ति  बिभाजनकालागी उमेदवार भएको होइन । समाज र देश जोडन र बलियो बनाउनका लागी उमेदवार भएको हुँ । यसमा तपाँइहरु सबैको साथ सहयोगकालागी बिनम्र अनुरोध गर्दछु । अन्त्यमा, संक्षेपमा मेरा केही एजेण्डाहरु उल्लेख गर्न चाहन्छु ।  
 
एजेण्डाहरु 
 
– आप्रवासी नेपालीहरूको हर–प्रकारको सहयोगकालागी एनआरएन अमेरिका अन्तर्गत एउटा छुटटै सक्रिय संयन्त्र स्थापना गर्ने । 
 
– एनआरएन अमेरिकाका सम्पूर्ण सदस्यहरूको दैनिक जीवनमा  कुनै न कुनै हिसाबले फाइदा पुग्ने खालका सहुलियत कार्यक्रमहरू परिचयपत्रसहित लागु गर्ने ।  
 
– नव आगन्तुक आप्रवासीहरुकालागी तत्काल आवश्यक पर्ने आधारभूत सहयोग र सल्लाहकालागी एउटा ‘फोकल प्वाइन्ट’बनाउने । 
 
– एनआरएन अमेरिकाका स्टेट च्याप्टरहरुलाइ  विशेष अधिकार प्रदान गर्दै  अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्धलाई तीव्रता दिने । खास गरी , अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्ध बिस्तार गर्न एउटा छुटटै ‘टिम’ बनाउने । 
 
– स्थानीय तहका विभिन्न नेपाली संघ–संस्था र एनआरएन अमेरिकाबिचको सहकार्यलाइ प्रभावकारी रूपमा अगाडी बढाउने ।
 
– अप्रावासी नेपालीमाथी आइपर्ने आकस्मिक संकटहरुको सामना गर्न एउटा ‘आपत्कालीन कोषलाइ अझ थप प्रभावकारी बनाउने ।
 
– नेपाली भाषा–सँस्कृती र कलाको प्रबद्र्धन र जगेर्नाकालागी स्थानीय संघ संस्थाहरुसँग सहकार्यगरी  निश्चित कार्यक्रमहरू बनाउने ।
 
– अमेरिकामा नेपाली युवाहरूले प्राप्त गरेको विशेष ज्ञान र सिपलाइ थप प्रबद्र्धन गर्न सहयोग  गर्ने । 
 
– एनआरएन अमेरिका मार्फत मातृभूमि नेपालमा हुने  परोपकारी तथा कल्याणकारी कार्यहरुलाइ संस्थागत र थप प्रभावकारी बनाउन एउटा छुटटै संयन्त्र मार्फत काम अगाडी बढाउने । 
 
– एनआरएन अन्तर्राष्ट्रिय समितिमा, एनआरएन अमेरिकाको प्रभावकारी उपस्थितीकालागी आवश्यक पहल गर्ने । 
 
माथि उल्लेखित एजेण्डाहरु कार्यान्वयनका लागी यसपटक एनआरएन अमेरिकाको अध्यक्षमा मलाइ मतदान गर्नु हुन यहाँहरु सबैसँग फेरिपनि हार्दिक अनुरोध गर्दछु । 
 
राम सी पोखरेल 
एनआरएन अमेरिकाको अध्यक्षको उमेदवार 
इमेल: [email protected]