मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको अध्यक्षकालागी पाँचजनाको उमेदवारी दर्ता

एनआरएन अमेरिकाको अध्यक्षकालागी पाँचजनाको उमेदवारी दर्ता


हिमालयखबर संवाददाता
अमेरिका – केही महिना यता निकै चर्चा र चासोको बिषय बन्दै आएको एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाले उमेदवारी दर्ता गरेका छन । 
 
यसअघि नै चर्चामा रहेका  डा केशब पौडेल, कृष्ण पोखरेल, गौरीराज जोशी,  राम सी पोखरेल र रविना थापाले उमेदवारी दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ । शनिबार उम्मेदवारी दर्ताको अन्तिम दिन हो । 
 
उम्मेदवारी दर्ताकालागी शनिवार  राती १२ बजेसम्मको समय दिइएको  थियो । 
 
उम्मेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै अध्यक्षका एकजना प्रत्यासी राम सी पोखरेलले एनआरएन साझा संस्था भएकोले प्यानल वा गुट भन्दापनि सबैको साझा व्यक्तिका रुपमा आफुले उमेदवारी दिएको बताएका छन । 
 
वर्तमान बोर्डमा रहँदापनि आफु सदैव न्याय र संस्थाको हितमा लागेको उल्लेख गर्दै पोखरेलले एनआरएन सुधार, आफनो मुख्य एजेण्डा रहेको पनि उल्लेख गरेका  छन ।  
 
यसैगरी अध्यक्षका अर्का प्रत्यासी  गौरी जोशीले एनआरएन अमेरिका  सबैको आकर्षणको संस्था बनाउने मुख्य उदेश्यकासाथ आफुले उमेदवारी दिएको बताएका छन । उमेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै जोशीले अबको एनआरएन ‘हाम्रो र राम्रो’ एनआरएन बनाउने, अमेरिकाको नेपाली समुदायलाइ बलियो बनाउँदै मातृभूमिमा सक्दो सहयोग गर्ने, युवाहरुलाइ रोजगारीकालागी आवश्यक सहयोग गर्ने, आइसिसिमा नेतृत्वदायी भुमिका खेल्ने जस्ता एजेण्डाहरु अघि सारेका छन ।
 
अर्का प्रत्याशी एवं वर्तमान अध्यक्ष डा. पौडेलले सवल र सम्मानित अमेरिकी एनअरएनका  र बाकी कामहरु पुरा गर्नको लागि उम्मेदवारी दिएको बताए । 
 
अध्यक्षका अर्का प्रत्यासी रविना थापाले एनआरएन अमेरिकालाइ एउटा उत्कृष्ट संस्था बनाउने लक्ष्यकासाथ आफुले उमेदवारी दिएको बताएकी छन । 
 
हिमालय खबरसँग कुरा गर्दै थापाले एनआरएनको प्रभावलाइ तल्लो तहसम्म पुरयाउने र एनआरएनलाइ  थप प्रभावकारी बनाउने आफनो मुख्य लक्ष्य रहेकोपनि बताएकी छन । यसकालागी आफुसँग पर्याप्त अनुभव रहेको उनको दाबी छ ।  
 
अर्का उम्मेदवार कृष्ण पोखरेलले पनि अमेरिकामा नेपाली समुदायको सुखदुखमा साथ दिनका लागि उम्मेदवारी दिएको बताए । उनले नेपालको राजनीतिभन्दा संस्थालाइ माथि राख्न अघि बढेको समेत उल्लेख गरे । 
 
शनिबारनै एनअरएनका बिभिन्न पदका अकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै २६ वटा स्टेट च्याप्टरका लागि समेत उम्मेदवारी दर्ता भएका छन् । एनआरएन टेक्सास च्याप्टरको अध्यक्षका लागी बिकास उप्रेती र भानु खरेलले आफनो उमेदवारी दर्ता गरेका छन । 
 
कतिपय स्टेट च्याप्टरमा उम्मेदवारी समेत परेको छैन । ती राज्यहरूमा सदस्य भएपनि पदका लागि कोही पनि तयार नभएकाले उम्मेदवारी दर्ता नभएको हो ।