मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएन बोर्डमा लामिछानेको उम्मेदवारी

एनआरएन बोर्डमा लामिछानेको उम्मेदवारी


हिमालय खबर संबाददाता
ड्यालस (टेक्सस)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको कार्यसमिति सदस्य (बोर्ड अफ डाइरेक्टर) मा टेक्ससका समाजसेवी कृष्ण लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् ।
 
शुक्रबार सामाजीक सञ्जाल मार्फत लामिछानेले उम्मेदवारी घोषणा गरेका हुन् । लामिछाने नेपाली समाज टेक्ससका वहालवाला अध्यक्ष पनि हुन् । उनले शनिबार आधिकारिक रुपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने उल्लेख गरे । 
 
आफुले नेपाली समाज टेक्ससको अध्यक्ष रहेर सामाजीक कामहरु धेरै गरेको र एनआरएनमा गएर यो संस्थालाई परोपकारी संस्थाका रुपमा अघि बढाउन चाहेको उनले बताए । ‘मेरो उम्मेदवारी समुदायका सदस्यका लागि मर्दा र पर्दाका लागि हो,’ लामिछानेले भने । 
 
एनआरएन मार्फत नेपाली समुदायका लागि धेरै कामहरु गर्न सकिन्छ, त्यहाँ गएर आफु सामुदायीक हितका कामहरु गर्न चाहने उनले भने ।
 
एनआरएनको वर्तमान कार्यसमितिले सामुदायिक हितका लागि खासै काम गर्न नसकेको हुँदा आफुले अघि बढेको समेत लामिछानेले बताए । 
 
उम्मेदवारीसँगै आफुले नेपाली समाज टेक्ससको अध्यक्षबाट राजिनामा गर्ने नगर्ने बारेमा केही नसोचेको उनले बताए । तर, उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आफुले नेपाली समाज टेक्ससको ‘कार्यवाहक अध्यक्ष’ पद हस्तान्तरण गर्ने बताए ।
 
लामिछानेका अतिरिक्त टेक्ससबाट एनआरएनको बोर्ड अफ डाइरेक्टरमा एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares