मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

सहमति,सहकार्य र एकता हुन आवश्यकता छ – राम बाबु पाण्डे

सहमति,सहकार्य र एकता हुन आवश्यकता छ – राम बाबु पाण्डे


लसएन्जलस (अमेरिका) – एनआरएन अमेरिकाको आउँदो निर्वाचनमा क्यालिफोर्निया लसएन्जलसबाट रामबाबु पाण्डेले च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
 
उनको उम्मेदवारी घोषणाले लसएन्जल्सको नेपाली समाज तातेको छ । लसएन्जलसबाट च्याप्टरको उपाध्यक्षमा रहेर धेरै उदाहरणीय काम गरिसकेका छन् ।
 
पाण्डे स्थानीय रूपमा सफल व्यबसायी र सामाजीक अभियन्ताका रूपमा परिचित छन् । एनआरएनलाई साझा सञ्जालको रूपमा विकास गराउन आफ्नो महत्त्वपूर्ण भूमिका हुने उनी बताउँछन् । 
 
लसएन्जलस क्षेत्रको सामाजिक मेरुदण्ड तथा खम्बाको रूपमा चिनिने पाण्डेले लसएन्जल्सबासी नेपालीहरूको पहलमा निर्मित श्री पशुपति फाउण्डेशनमा मुख्य आर्थिक योगदान गरेका छन् ।
 
राजनीति भन्दा पनि बढी सामाजिक रुपले नेपाली समाजलाई उन्नत बनाउन प्रतिवध्द हुने र एनआरएन अमेरिकामा दीर्घकालीन ढङ्गले केही नयाँ काम गरेर अघि बढ्ने उनको योजना छ । 
 
बिगतमा सन्फ्रान्सिस्को र लसएन्जलसका अगुवाहरु मिलेर सहमतीमा च्याप्टर अध्यक्ष पद सन्फ्रान्सिस्कोलाइ दिएको स्मरण गर्दै पाण्डेले यसपटक लसएन्जलसबासी नेपालीहरुले सो पद सर्बसम्मतीमा पाउनुपर्ने बताएका छन् । 
 
सहमति, सहकार्य र एकताको आवश्यकता ठान्दै पाण्डेले  सहमती नभएमा आफु प्रजातान्त्रीक ढंगले अगाडी बढ्न  तयार भएको बताए I