मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको कार्यसमिति जुन १ देखि कामचलाउ

एनआरएन अमेरिकाको कार्यसमिति जुन १ देखि कामचलाउ


हिमालयखवर संवाददाता
अमेरिका- विवादै विवादमा परेको एनआरएन अमेरिकाको वर्तमान कार्यसमिति नयाँ नेतृत्वका निर्वाचन घोषणा नहुदै विहिवारवाट काम चलाउमा परिणत भएको छ । सदस्यता भेरिफिकेसनलाई अनावश्यक रूपमा आफ्नो पक्षमा पार्ने स्वार्थले तोकिएको समयमा निर्वाचन हुन नसकेको हो । कार्यक्रम अनुसार मे महिना भित्रै नयाँ कार्यसमितिको निर्वाचन सकिएर पद नयाँ नेतृत्वलाई हस्तान्तरण भईसक्नु पर्ने थियो । यो प्रजातान्त्रिक प्रकृया अनुसार एनआरएन अमेरिका सञ्चालन गर्न वर्तमान कार्यसमिति असक्षम भएको छ ।
 
यो कार्यसमिति कामचलाउ भएको जनाउंदै एनआरएन अमेरिका निर्वाचन समितिले केही दिन अघि वर्तमान कार्यसमितिलाई निर्वाचन भई अर्को नेतृत्व नआउंदासम्म नियमित काम गर्न भनेको छ । कामचलाउको अर्थ वर्तमान कार्यसमितिले महत्त्वपूर्ण निर्णय गर्न सक्दैन निर्वाचन समिति संयोजक वन्दिता शर्मा दाहालले बिहीबार हिमालयखवरसंग भनिन् समान्य नियमित कार्य जसले निर्वाचनलाई असर गर्दैन त्यो मात्र गर्न पाउंछ । 
 
कसलाई सदस्यता दिने र नदिने जुन १ सम्म पनि एनआरएन अमेरिकाले स्पष्ट गर्न सकेको छैन । यसले निर्वाचनको मिति पनि घोषणा हुन नसकेको हो । हामीलाई एनआरएन अमेरिकाले दिएको सदस्यता सूची र वेभसाइटमा राखेको सदस्यता संख्या फरक छ त्यही भएर यसलाई स्पष्ट गरी सदस्यता भेरिफिकेसनको अन्तिम सूची दिन हामीले पत्र पठाएका छौँ दाहालले भनिन् जुन ४ सम्म जवाफ दिन भनिएको छ उक्त समयमा संख्या स्पष्ट भएर आएपछि हामी निर्वाचनको दिन तय गर्न सक्छौँ ।
 
तोकिएको समयमा एनआरएन अमेरिका कार्यसमितिले जवाफ दिए जुलाई दोस्रो साता निर्वाचन हुन सक्ने दाहालले जानकारी दिइन् । भेरिफिकेसन भएको सुचीमा पनि थुप्रै त्रुटीहरु भेटिएका छन् । निर्वाचन समितिलाई दिएको सुची र एनआरएन अमेरिकाको वेभसाइटमा राखिएको सदस्यता संख्या नै मिल्दैन । यी दुईमा भएको संख्या करिब १ सय ६० जनाको फरक देखिन्छ । कयौँको एउटै इमेल छ, तर, ठेगाना जिप कोड भने मिल्दैन यस्ता कयौँ समस्या देखिएपछि भेरिफिकेसन कमिटिलाई पुन स्पष्ट गर्न निर्वाचन समितिले पत्र पठाएको हो । 
 
हाम्रो काम सदस्यता भेरिफिकेसन गर्ने होइन दाहालले भनिन् त्यहाँबाट आएको सूची अनुसार निर्वाचन गराउने मात्र हो ,हामीलाई सदस्यता संख्या एकिन गरेर दिनु पर्‍यो ।
 
जुनको पहिलो सातासम्म पनि भेरिफिकेसन समितिले सुची नदिए के हुन्छ ? यसको उत्तर सजिलो छ,  निर्वाचन पछि सर्दै जान्छ ।  संस्थाप्रति विश्वनियता घट्छ ।
 
एनआरएन अमेरिकाको कार्यसमितिको समय दुई वर्षको हो । यो समय वर्तमान कार्यसमितिले पुरा गरिसकेको छ । तर, सदस्यता विवाद समस्या भने एनआरएन अमेरिका भित्र पुरानो हो । यो कार्यसमितिले नक्कली सदस्य बनाएर निर्वाचन जितेको पराजित उम्मेदवारहरुले आरोप लगाएका छन् । यो मुद्दा अहिलेपनि अमेरिकाको अदालतमा विचाराधिन छ । 
 
यो विवादमा आईसीसी भने मौन देखिएको छ । उत्तर अमेरिका संयोजक, उपसंयोजक लगायत एनआरएन अमेरिकाका अगुवापनि संस्थालाई प्रजातान्त्रिक प्रकृया अनुसार अगाडी बढाउन असक्षम देखिएका छन् । यसले संस्थाप्रति आम नेपाली समुदायमा वितृष्णा  वढीरहेको छ ।