मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका सदस्यता छानविन नै अन्यौलमा

एनआरएन अमेरिका सदस्यता छानविन नै अन्यौलमा


हिमालयखवर संवाददाता- 
अमेरिका – एनआरएन अमेरिकाको भेरिफिकेसन समितिले शूरुमा तोकिएको समय भन्दा एक महिना ढिलो भईसक्दापनि सदश्यको अन्तिम सूची वुझाउन सकेको छैन। 
 
शूरुमा समितिलाई १५ दिनको समय दिई मार्च अन्तिम सम्म प्रतिवेदन वुझाउन भनिएको थियो । तर, विभिन्न विवादका कारण समितिले थप समय मागेको थियो । 
 
एनआरएन अमेरिका कार्यसमितिले अप्रिल २२ सम्म वुझाउन समय तोकेको थियो । यो माइन्यूट समेत गरिएको थियो । तर, अप्रिलको अन्तिम दिन आइतवारसम्म पनि समितिले प्रतिवेदन वुझाएको छैन । प्रतिवेदन वुझाउन चार पटक कार्यसमितिको वैठक डाकिएको थियो । तर, चारै पटक रध्द भयो । 
 
पाँचौ पटक डाकिएको बैठकमा भेरिफिकेसन समितिका संयोजक तथा एनआरएन अमेरिका महासचिव तिलक श्रेष्ठनै आएनन् । त्यस दिन कार्यसमितिको वैठकमा सम्पर्कमा नआउनुको कारण श्रेष्ठले जानकारी गराएका थिएनन् । 
 
भेरिफिकेसन समिति प्रतिवेदन वुझाउन नसक्दा दवावमा परेको छ । यसले गर्दा एनआरएन अमेरिकाको निर्वाचन तालिका प्रकाशित गर्न समेत ढिलाई भईसकेको छ । एनआरएन कार्यसमितिको समय दुई बर्षको हुन्छ । यस अनुसार यो कार्यसमितिको २ बर्षे कार्यकाल समाप्त भईसकेको छ । 
 
किन भेरिफिकेसन कमिटीले प्रतिवेदन वुझाउन सकेन ? 
भेरिफिकेसन समितिका संयोजक श्रेष्ठले २३ तारिखसम्म प्रतिवेदन वुझाउने वताएका थिए । उनले वाहिर हल्ला आएजस्तो समस्या नपाएको पनि दुइ साता अघि हिमालयखवरलाई जानकारी दिएका थिए । एक साता अघि भने दुइहजार सम्म सदस्यताको लागि फारम भर्नेको रध्द हुन सक्ने संयोजक श्रेष्ठले वताएका थिए । 
 
पछिल्लो समयमा एनआरएन अमेरिकाका एक पदाधिकारीका अनुसार समितिले पुनः तीन दिनको थप समय मागेको छ । तर, यसवारेमा कार्यसमितिका केही पदाधिकारीले आफुलाई केही जानकारी नभएको वताएका छन् । 
 
कतिको कुन आधारमा सदस्यता रध्द गर्ने भन्नेमा समिति दवावमा परेको पदाधिकारीले बताए । संस्थाभन्दा वाहिरका जसलाई एनआरएन प्रति कुनै जिम्मेवारी छैन उनीहरु हावी हुँदा भेरिफिकेसन समिति दवावमा परेको दावी गर्नेहरु पनि छन् । 
 
नियमानुसार आवेदन दिनलाई राख्ने र नदिनेलाई हटाउने हो एनआरएन अमेरिकका पदाधिकारीले भने फेसबुकमा कसले के राख्यो त्यो हेर्ने होइन । हजार वा १२ सय नक्कली होलान त्यत्ति भएपनि निर्वाचन परिणाममा केही फरक पर्दैन अर्का पदाधिकारीले भने चुनाव जित्न त स्वतस्फुर्त रुपमा सदस्य लिने हज्जारौंको भोट नै चाहिन्छ । 
 
एनआरएन अमेरिकाको सदश्य वन्न करिव १७ हजारले निवेदन दिएका छन् । भेरिफिकेसन समितिले यस आधारमा अन्तिम सुची तयार गरेर निर्वाचन समितिलाई दिनपछि मात्र चुनावका कार्यक्रम अघि वढ्छ । एनआरएन अमेरिका लथालिंग अवस्थामा पुग्दा यसलाई सम्हाल्ने जिम्मेवारी कसको हो यो प्रश्न उठ्न थालेको छ । 
 
आईसीसी अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पा मौन छन् । एनआरएन अमेरिकाका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । महासचिव भेरिफिकेसन समितिका संयोजक छन् ।