मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनको सदस्य लिने सबैले भोट हाल्न पाउने

एनआरएनको सदस्य लिने सबैले भोट हाल्न पाउने


हिमालयखवर संवाददाता
न्युयोर्क(अमेरिका) – एनआरएन अमेरिकाको सदस्य भएका सबैले आउँदो चुनावमा भोट हाल्न पाउने भएका छन् ।
 
न्यायीक समितिले योग्यता पुगेर सदस्य भएका सबैले भोट हाल्न पाउने फैँसला दिएको हो । यो फैँसला पछि मार्च १६ देखि १९ तारिखसम्म सदस्य भएका झण्डै तीनहजार जनाको विषयको अन्यौल समाप्त भएको छ ।
 
न्यायीक समितिले दुई साता अघि थपिएको अवधिमा सदस्य भएकालाई मताधिकार नहुने जनाएको थियो । एनआरएन अमेरिकाको बोर्ड र मुद्धा दायर गर्ने पक्षबीच भएको सुनुवाईपछि न्यायीक समितिले सबै सदस्यलाई मताधिकार दिने निर्णय सुनाएको हो । एकपटकलाई थपिएको अवधिमा सदस्य हुनेलाई मताधिकारको अधिकार दिने निर्णय गरेको हो ।
 
अब सदस्यता भेरिफिकेसन समितिले छानबीन गरेर बिधानतः सदस्य हुन योग्य सदस्यहरुको सूचि सार्वजनिक गर्नेछ । त्यसपछि एनआरएको सही सदस्य संख्या र मतदाता एकीन हुनेछ । 
 
एनआरएन अमेरिकाको सदस्यताका लागि झण्डै १७ हजार आवेदन परेको छ ।

शेयर गर्नुहोस:

0
Shares