मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका कार्यसमिति पक्षमा टेनिसी कोर्टको फैसला

एनआरएन अमेरिका कार्यसमिति पक्षमा टेनिसी कोर्टको फैसला


हिमालयखवर संवाददाता-

टेनिसी (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको वर्तमान टीम बिरुद्ध टेनिसी राज्यको अदालतमा परेको एउटा मुद्धामा अदालतले संघको पक्षमा फैँसला गरेको छ ।

 
दुई वर्ष अघिको निर्वाचनमा वर्तमान अध्यक्ष डा. केशव पौडेल विरुद्धको निकटम प्रतिद्वन्दी नगेन्द्र पौडेलले दर्ता गरेको मुद्धामा अदालतले संघको पक्षमा निर्णय सुनाएको हो । अघिल्लो निर्वाचनमा फर्जी सदस्य बनाएर भोट हालेको, एउटै आइपीबाट सयौ भोट हालिएको विषयमा परेको उक्त मुद्धाको फैँसला मंगलबार अदालतले सुनाएको हो ।
 
‘हाम्रो पक्षमा फैँसला आएको छ, यो फैँसलाले अनावश्यक रुपमा मुद्धा मामिला गरेर संस्थालाई बदनाम गर्ने प्रतिगामी तत्वहरु कमजोर भएका छन्,’ टेनिसी पुगेका एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलले हिमालय खबरसँग भने । अदालतको फैँसलापछि उत्साहित भएका पौडेलले मुद्धामामिला गर्नेहरु समाजका भाँड भएको उल्लेख गर्दै तिनलाई बहिष्कार गर्नुपर्ने बताए ।
 
वर्तमान कार्यसमितिलाई यो मुद्धा ठूलो टाउको दुखाईको विषय थियो । मुद्धा हाल्ने पक्षले क्षतीपूर्ति समेत दावी गरेकोले उक्त रकम तिर्नुपर्ने पक्षमा अदालतको फैँसला भएको भए संस्थालाई ठूलो आर्थिक भार समेत पर्ने अवस्था थियो । 
 
उता फैसलापछि एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले पनि खुशी व्यक्त गरे । ‘एनआरएन अमेरिकामा रहने सबै नेपालीको साझा संस्था हो, मुद्धा मामिला गरेर समय खेर फाल्ने भन्दा अब नेपाली समाजको वृहत्तर हितका लागि हामी अघि बढ्न जरुरी छ,’ पोखरेलले भने । उनले समस्याको समाधान सुरुमा आफ्नै समाजभित्र खोज्नुपर्नेमा जोड दिएका छन् । 
 
यो मुद्धाको फैसलापछि एनआरएन अमेरिका पूर्ण रुपमा चुनाव केन्द्रित भएको छ । ‘समयमै चुनाव हुन्छ, अदालतको फैँसलापछि म चुनावमै बढ्ता लाग्छु,’ डा. पौडेलले भने ।
 
उनका अनुसार एनआरएनको सदस्यता भेरिफिकेसनको काम अघि बढाइने र नोक्सान भएको १० दिन थपिने संभावना छ । ‘जुडिसियल कमिटीको निर्देशनका कारण भेरिफिकेसन समितिले काम गर्न नपाएको १० दिन थपेर चुनावको मिति तोक्ने तयारीमा हामी छौँ,’ उनले भने । 
 
मार्च १९ देखि ६० दिनभित्र चुनाव भैसक्नुपर्ने विधानतः व्यबस्था छ । भेरिफिकेसन समितिले काम गर्न नपाएको भन्दै १५/२० दिन पछि चुनाव गराउने मनस्थितीमा डा. पौडेल छन् ।