मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

मध्यराति विज्ञप्ती जारी गर्दै यसो भने जोशीले

मध्यराति विज्ञप्ती जारी गर्दै यसो भने जोशीले


टेक्सस(अमेरिका)-  एनआरएन अमेरिका अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका गौरीराज जोशीले अाफूले कसैसँग पनि कुनै सहमति नगरेकाे जनाएका छन् । 
मंगलवार राति विज्ञप्ति जारी गर्दै  जोशीले कुनै सहमति नगरेको र बिभिन्न सञ्चारमाध्यम र सामाजीक सञ्जालहरूमा अाएका कुराहरू हल्लामात्र भएकाे स्पष्ट पारेका छन्र । अध्यक्ष पदको योग्यताका बारेमा विभिन्न सञ्चार माध्यममा आएका प्रतिकृयाहरु प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै जोशीले यस विषयमा कानुनविद्, एनअारएनका पूर्व पदाधिकारीहरुसँग परामर्श गरिरहेको बताए । 
 
गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामा र उपक्षेत्रिय संयोजक ए सी शेर्पाले सोमबार राति उम्मेदवार बन्न चाहिने योग्यताका बारेमा भन्दै अँध्यारो कुनामा बसेर विज्ञप्ती प्रकाशित गरेका थिए । यो विज्ञप्ति जोशीलाइ उम्मेदवार हुन नदिने प्रति लक्षित थियो । विज्ञप्ती वर्तमान अध्यक्ष तथा पुनः उम्मेदवारी घोषणा गरेका डा. केशव पाैडेललाइ सहयोग र समर्थन गर्ने नियतले प्रेरित थियो । 
 
यो विज्ञप्ति पछि जोशी समर्थक तथा अमेरिकामा रहेका सर्वसाधारण नेपालीहरूले पनि तिखो प्रतिकृयाहरु जनाएका छन् । 
 
मंगलवार ड्यालसमा जोशीसँग सोनाम लामा, ए सी शेर्पा लगायतको अनौपचारिक छलफल भएको थियो । जोशीलाइ उम्मेदवारी नदिन र दिएमा अनेकन मुद्धा मामिला लगाएर काम गर्नै नदिने धम्की बिभिन्न व्यक्तिहरूले दिएका थिए । तर जोशीले अाफू कानुनी रूपमा अघि बढ्ने र युवाहरू अाफ्नाे साथमा रहेकाे प्रष्टाएका थिए । 
 
त्यो बैठकमा जन सम्पर्क समिति सम्बद्ध विष्णु सुवेदी, प्रमोद सिटौला समेत सहभागी थिए । उनीहरू समेत जोशीलाइ उम्मेदवारी नदिन दवाव दिदै अाएका छन् । सिटाैला एनअारएनको सदस्यता भेरिफिकेसन समितिका सदस्य समेत हुन् । 
 
अनाैपचारिक बैठकमा टेक्ससका अगुवा सामाजिक व्यक्तिहरु पनि थिए । यो अनौपचारिक छलफल पछि जोशीले उम्मेदवारी फिर्ता लिएको र पाैडेललाइ सघाएकाे भन्ने हल्लाहरू बाहिर ल्याइएको थियो । जुन हल्लालाइ जोशीले विज्ञप्ति मार्फत कडा रूपमा खण्डन गर्दै अापत्तिमात्र जनाएका छैनन अाफ्नाे उम्मेदवारी कायमै रहेको र अाफूलाइ साथ दिने नेपाली समुदायको साथ लिएर अमेरिकाभरि पुग्ने बताएका छन् । 
 
 
जोशीद्वारा जारी प्रेस विज्ञप्ति 
 
एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा मैले उम्मेदवारी घोषणा गरेको यहाँहरु सबै जानकारनै हुनुहुन्छ । एनआरएन अमेरिकामा केही नयाँ काम गरेर अघि बढ्न सकिन्छ भन्ने उद्देश्यले मैले उम्मेदवारी घोषणा गरेको हुँ ।  
उहाँहरूले दिनु भएको उत्साह र हौसलाले मलाई समुदायको हितका लागि काम गर्न अझ प्रेरणा मिलेको छ । विशेष गरी युवा जमातले मलाई अझ सक्रिय हुन प्रेरणा दिईरहनु भएको छ । एनआरएन अमेरिकालाई अझ सशक्त बनाउन सदस्यता विस्तार गर्नु पर्छ भनेर म यस अभियानमा सक्रिय भएँ । टेक्ससमा मात्र होइन अन्य राज्यहरूमा पनि सदस्यता विस्तारमा लागिपरेँ । सदस्यताका लागि अघिल्लो पटक भन्दा  ५० प्रतिशत बढी आवेदन परेको छ । यो खुसीको कुरा हो ।
 
यसैबिच गैर आवासीय नेपाली संघ (एनआरएनए)का क्षेत्रीय संयोजक र उपक्षेत्रिय संयोजकज्यूले संयुक्त रूपमा जारी गर्नु भएको एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष उम्मेदवार बन्न चाहिने योग्यता बारे उल्लिखित विज्ञप्ति, यस पछि विभिन्न समाजिक सञ्जाल र समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ ।
 
यसमा धेरै शुभचिन्तकहरुले यो नियतवश एक पक्षलाई उम्मेदवार बन्न वन्देज लगाउने गलत आशयले यसरी विज्ञप्ति आएको भन्दै आक्रोस पनि व्यक्त गर्नु भएको छ  । टेक्सस ड्यालसमा जनवरी दोस्रो साता भएको एनआरएन अमेरिकाको पाँचौ वार्षिक साधारण सभाको निर्णय, एनआरएन अमेरिकाको इतिहास, संस्था दर्ता र प्रयोग भएको कर नम्बर समेतका प्रमाणलाई पनि विज्ञप्तिले चुनौती दिएको समाजिक सञ्जाल र मेरा शुभचिन्तकहरुवाट अभिव्यक्तिहरू आए । 
 
एनआरएन अमेरिकाले गठन गरेको निर्वाचन समितिको कार्यक्रम अनुसार उम्मेदवारी दर्ता गरेपछि, योग्यताको प्रश्न उठाउदै दाबी विरोध गर्न पाउने प्रक्रियामा जान बाँकी नै छ । 
 
टेक्ससमा एनआरएनए क्षेत्रीय संयोजक सोनाम लामा, उपक्षेत्रिय संयोजक ए सी शेर्पा ज्युहरु लगायत विभिन्न संघ संस्थासँग आबद्ध साथीहरूसँग मंगलवार एनआरएन अमेरिकाको आगामी नेतृत्वका बारे अनौपचारिक छलफल भएको हो ।
 
त्यस बेला विधानको व्यवस्था र मेरो उम्मेदवारीवारे पनि सामान्य चर्चा भएका थिए । तर, कुनै सहमति नभएको म यसै विज्ञप्ति मार्फत यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छु । विधानका विषयमा जुन बहस उठेको छ यसबारेमा मैले कानुन विज्ञ, एनआरएन अमेरिकाका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरुसँग सल्लाह लिइरहेको छु । 
 
मैले उम्मेदवारी फिर्ता लिएको, सहमति गरेको जस्ता समाचारहरु आएका छन् यसमा कुनै सत्यता नभएको पनि म यसै विज्ञप्ति द्धारा जानकारी दिन चाहन्छु । एनआरएन अमेरिका नेपाली समुदायलाई जोड्ने एउटा अभियान हो । 
 
अमेरिका बस्ने नेपालीका लागि पनि एनआरएन अमेरिकाको आगामी नेतृत्वले काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो । विभिन्नका ७४ देशमा फैलिएको यो एनआरएनको पहलले नै संविधानमा गैर आवासीय नागरिकताको व्यवस्था भएको हो । अमेरिका सबैभन्दा बढी एनआरएन सदस्य रहेको देश पनि हो । यो संस्थाको आफ्नै विशिष्ठ गरिमा छ । यो संस्थाको हितमा आँच आउने कुनै पनि कार्यले हामी विदेशमा बस्ने पेशा गर्ने नेपालीलाई नै हानी गर्छ । संस्थाको गरिमा घटाउने कार्य हुँदा हामीनै कमजोर हुन्छौं । 
 
नेतृत्वका लागि छलफल हुन सामान्य प्रक्रिया हो । म सबैलाई अहिले भइरहेको गतिविधिलाई पनि यसै अनुसार सकरात्मक रूपमा लिन आग्रह गर्छु । पुनः अध्यक्षमा मेरो उम्मेदवार कायमै रहेको पुन प्रष्ट गर्न चाहन्छु ।
गौरी जोशी
अध्यक्ष उम्मेदवार
ड्यालस टेक्सस 
 
 
प्रतिकृया दिनुहोस: