मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका अध्यक्ष पदमा योग्यता विवाद

एनआरएन अमेरिका अध्यक्ष पदमा योग्यता विवाद


हिमालयखवर संवादाता
टेक्सस(अमेरिका)-  गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र उपक्षेत्रिय संयोजक ए सी शेर्पाले एनआरएन अमेरिकाको उम्मेदवार बन्न एक कार्यकाल राष्ट्रिय वा अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनसीसी वा आईसीसी) मा  पदाधिकारी भई काम गरेको हुनुपर्ने स्पष्ट गरेका छन् । 
 
एनआरएन एनसीसी अमेरिका अध्यक्ष उम्मेदवारी सम्बन्धमा विभिन्न सञ्चार माध्यम र समाजमा शंका उपशंका उव्जिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाउंदै संयोजक र उपसंयोजकले यस्तो विज्ञप्ति सार्वजनिक गरेको उल्लेख गरेका छन् । 
 
यो विज्ञप्ति अध्यक्षमा उम्मेदवारी घोषणा गरेका गौरी जोशी प्रति लक्षित देखिन्छ । सदस्यता अभियान पछि जोशी बलियो उम्मेदवारका रूपमा देखिएका थिए । जोशी एनआरएनमा अहिले सल्लाहकार छन् । जोशीले  यस अघि कार्यसमितिमा बसेर काम गरेको दाबी गर्दै आएका छन् । 
 
स्पष्ट पारिएको सम्बन्धमा शीर्षक दिएर सोमबार राती जारी विज्ञप्तिमा अमेरिकाको एनआरएन एनसीसी सन् २०१० पछि मात्र एनआरएन आईसीसीले मान्यता प्राप्त गरेको समेत जानकारी गराऊंदछु भन्ने उल्लेख छ । 
 
टेक्सस ड्यालसमा गत जनवरीमा भएको पांचौ साधारण सभाले भने एनआरएन अमेरिकाको अध्यक्ष हुन एक कार्यकाल पदाधिकारी हुन नपर्ने प्रस्तावलाई सर्वसम्वत रूपमा स्वीकृत गरेको छ । एनआरएन अमेरिकामा करमुक्त ५०१ सी अन्तर्गत स्थापना भएको संस्था हो । 
 
संयोजक लामा एनआरएन नेतृत्वमा सहमतिका लागि छलफल गर्न सोमबार टेक्सस ड्यालसमा छन् । सोनाम लामा र ए सी शेर्पा द्धारा सोमबार जारी विज्ञप्ति यस्तो छ ।