मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

आईसीसी अमेरिका संयोजक सोनाम लामा भन्छन् सहमतिमा नेतृत्व चयन गर्नु राम्रो हुन्छ

आईसीसी अमेरिका संयोजक सोनाम लामा भन्छन् सहमतिमा नेतृत्व चयन गर्नु राम्रो हुन्छ


हिमालयखवर संवादाता
अमेरिका- एनआरएन राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष शेष घलेले एनआरएन अमेरिकामा सदस्य सङ्ख्या यस अघिको भन्दा उलेख्य वढेकोमा राम्रो भएको भन्दै प्रशंसा गरेका छन् । एनआरएन उत्तर अमेरिका संयोजक सोनाम लामालाई सोमबार फोन गरेर घलेले सदस्य बढ्नु निकै राम्रो सङ्केत भएको र यसले अन्य देशमा पनि सकरात्मक सन्देश जाने बताएका हुन् ।
 
अध्यक्ष शेष घलेले फोन गरेर सदस्यता वढेकोमा राम्रो भएको भन्दै अव सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिनु भएको छ लामाले भने । आईसीसी उपाध्यक्ष कुमार पन्तले पनि सदस्य वढेपछि लामासंग फोनमा कुराकानी गरेका थिए । 
 
सदस्य बढ्नु एक दम राम्रो भयो संयोजक लामाले सोमबार हिमालयखवरसंग भने नेतृत्वमा योग्य मानिस आउनु पर्छ, राम्रो नेतृत्व गर्न सक्नेलाई समेटेर अगाडी बढ्नु पर्छ । सदस्यता विस्तारले विश्वका अन्य देशमा पनि राम्रो सन्देश जाने उनले बताए । 
 
आइतबार मध्येरातसम्म एनआरएन अमेरिकाको सदस्य बन्ने समय थियो । यसमा करिब १७ हजारको आवेदन परेको छ । सदस्यताका लागि निवेदन दिने विधानअनुसार योग्य छन् छैनन् छानविन गर्न भेरिफिकेसन समिति गठन भएको छ । झन्डै २ साता पछि भेरिफिकेसन भई सदस्यको अन्तिम नामावली आउँछ । दुई वर्ष अघि एनआरएन अमेरिकामा १० हजार ६ सय सदस्य थिए । 
 
सदस्यता सम्बन्धमा विवादका बारे संयोजक लामा भन्छन् ठिक हो होइन छानविन गर्न समिति बनेको छ यसले गर्छ, विवाद मात्र गरिरहनु हुदैंन संस्थाको हितका लागि पनि काम गर्ने हो यसैले भेरिफिकेसनको विषयलाई विवादमा ल्याउनु उपयुक्त छैन ।
 
एनआरएन अमेरिकाको नेतृत्व चयनवारे संयोजक लामा भन्छन् सबैको सहमतिमा भए धेरै राम्रो हुन्छ । निर्वाचनमा जादां जिते ठिकै छ तर, हार्ने पक्ष धांधली भयो भन्दै मुद्दा मामिलामा गएका उदाहरण छन् अहिलेपनि मुद्दा अमेरिकाको अदालतमा चलिरहेको छ लामाले भने नेतृत्वमा जानेको समय र स्रोत दुवै खर्च हुन्छ त्यसैले मैले जसले म सँग सम्पर्क गर्छन् उहाँहरूलाई मिलेर जान भनेको छु ।
 
उम्मेदवार हुदा एनआरएन विधानलाई पनि पढ्न लामाको सुझाव छ । कुनै उम्मेदवारको पनि नाम नलिई लामाले भने कसैको  उस्काहटमा उम्मेदवारी दिनु राम्रो होइन, एनआरएन विधान २०१३ अनुसार उम्मेदवार बन्न मिल्छ मिल्दैन हेर्नु पर्‍यो पछि अयोग्य भन्नु पर्‍यो भने नराम्रो हुन्छ इमेज पनि विग्रन्छ ।
 
एनआरएन अमेरिकाको अध्यक्ष बन्न एक कार्यकाल कार्यसमितिमा हुनु पर्छ पर्दैन यो स्पष्ट छैन । एनआरएन अमेरिकाको गत साधारण सभाले नपर्ने निर्णय गरेको छ । आईसीसीको विधानमा पर्ने व्यवस्था छ । यसैले यस विषयमा विवाद आएको हो । आईसीसी लगायत थुप्रै पदहरु भएकाले मिलेर जान सकिन्छ उनले भने । म डा केशव पौडेलको मान्छे होइन, गौरी जोशीलाई पनि एनआरएनमा आउनु पर्छ भनेर मैलेनै भनेको हुँ उहाँ जस्तो मान्छे आउनुपर्छ अझै माथि जानु पर्छ संयोजक लामाले भने म संस्थाका लागि काम गर्ने मानिस हुँ संस्थाकै हितमा काम गर्छु । 
 
एनआरएन अध्यक्ष डा पौडेलले पुन दोहोर्याउने घोषणा गरेको छन् । जोशी पनि अध्यक्ष उम्मेदवार बन्ने घोषणा गरेका छन् । अध्यक्ष पदका अन्य आकांक्षी राम सी पोखरेल, डिल्ली भट्टराई, रविना थापा, कृष्ण पोखरेल, टेम्वा शेर्पा लगायत सबैलाई मिलेरै जानु पर्छ भन्ने मेरो सुझाव छ उनले भने । 
 
आईसीसीको केन्द्रीय नेतृत्वसंगको सल्लाह अनुसार नै सदस्यताका लागि निवेदन दिने समय वढाईएको लामाले जानकारी दिए । आईसीसीको सुझाव दुई साता बढाउनु पर्छ भन्ने थियो उनले भने चार दिन वढाईयो यसका लागि मैले पनि भनेको हुँ चुनाव जित्न वढाईयो भन्ने आरोपमा कुनै सत्यता छैन । 
 
एनआरएन सदस्यता बन्ने वेभसाइटमा समस्या आयो यो हुनुहुदैनथ्यो, हाम्रा कमी कमजोरी छन् यसलाई समाधान गर्दै जानु पर्छ उनले भने । संयोजक लामाले टेक्ससमा सोमबार सहमतिका विषयमा अनौपचारिक छलफल गर्ने भएका छन् । टेक्ससमा एनआरएन साथीहरूसँग छलफल गर्छौ उनले भने ।
 
अध्यक्षमा पनि सोनाम लामाले उम्मेदवारी दिन सक्छ
आईसीसीमा कुन पदमा जाने भन्ने निर्णय गरी नसकेको संयोजक लामाले बताए । आईसीसी अध्यक्षमा पनि सोनाम लामाले उम्मेदवारी दिन सक्छ, उपाध्यक्ष लगायत पदमा पनि जान सक्छ तर, अहिलेको प्रथामिकता काठमाडौमा बन्न लागेको एनआरएन सचिवालय भवन, र गोरखामा भूकम्प पीडितका लागि आवास हो उनले भने । 
 
उपाध्यक्षमा उम्मेदवारी दिएपनि कुनै पनि गुटमा आफू नलाग्ने उनले बताए । उपाध्यक्ष द्धय भवन भट्ट र कुमार पन्त अध्यक्ष पदका लागि उठ्ने कुरा छ उहाँहरूले मलाई आफ्नो प्यानलमा आउन भन्न सक्नुहन्छ तर, मेरो अहिलेको प्रथामिकता एनआरएन अभियान मात्र हो कुनै पक्षमा खुल्न चाहन्न लामाले भने । 
 
आईसीसीमा जान धेरै देशबाट एनआरएन साथीहरूले सझुाल दिइरहेको पनि उनले बताए । आईसीसीमा कुन पदमा जाने यसका लागि निर्णय गर्ने समय छ लामाले भने ।

शेयर गर्नुहोस:

0
Shares