मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकामा सदस्य वन्ने समय ४ दिन थप

एनआरएन अमेरिकामा सदस्य वन्ने समय ४ दिन थप


हिमालयखवर संवाददाता
अमेरिका- एनआरएन अमेरिकाको सदस्यता लिनका लागि चार दिन समय थप गरिएको छ । एनआरएन अमेरिका कार्यसमितिको बुधबारको बैठकमा समय आउने आइतबार (मार्च १९) सम्म थप गर्ने निर्णय भएको हो । सदस्यताका लागि आज बुधवारसम्म मात्र म्याद थियो । 
 
सदस्यता थप गर्ने नगर्ने विषयमा कार्यसमिति बैठकमा चर्को बहस भएको थियो । तर, अध्यक्ष लगायत १० जना थप गर्ने पक्षमा भएपछि सदस्य बन्न सक्ने समय आइतबारसम्म लम्व्याईएको हो ।  बैठकमा कार्यसमितिका २५ सदस्य मध्ये २३ जना समहभागी थिए । पाँच, छ जनाले  बहुमतको राय नै मान्ने भन्दै कुनै मत राखेका थिएनन् । 
 
वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रविना थापा, महासविच तिलक श्रेष्ठ, कोषाध्यक्ष वेद बस्नेत, मोहन ज्ञवाली, सुशील रेग्मी लगायतले सदस्य थप गर्ने निर्णयको विरोध गर्दै नोट अफ डिसेन्ट लेखेका छन् । अध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष रामसी पोखरेल, बोर्ड सदस्य विनोद तिवारी लगायत थप गर्ने पक्षमा थिए । 
 
समय थप गर्नु पर्ने नपर्ने विषयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीसंगपनि सम्पर्क गरिएको थियो । कम्यूटरमा समस्या आएको र सदस्य बन्न नपाएको व्यापक गुनासो आइरहेको भए पनि उनले विवाद नआउने गरी निर्णय गर्न सुझाव दिएका थिए । अव समय थप भइसकेको छ बन्ने इच्छा भए पनि नवन्नुभएको छ भन्ने यो समय थपको अवसर सदुपयोग गर्न म अनुरोध गर्छु जोशीले भने  । 
 
थप गर्दा संस्थाको विश्वस्वियता माथि प्रश्न उठ्छ त्यसैले हामीले थप नगरौं भनेका थियौ महासचिव श्रेष्ठले भने संस्थालाई निर्वाचनका दृष्टिले मात्र हेरिनु हुदैंन भन्ने हाम्रो भनाई थियो । थप गर्नु पर्छ भन्ने पक्षले ८ घण्टा कम्युटर सर्भर विग्रेको हुदां  समय बढाउने पर्ने दाबी गरेका थिय। 
 
समय थप गर्दा सदस्यता छानविन, विधान अनुसार निर्वाचन लगायतमा बाधा पर्छ भन्ने भनाई हाम्रो थियो तर, बुहमतका आधारमा निर्णय गरिएको छ महासचिव श्रेष्ठले भने I
 
मेरो विचारमा यो संस्थाको हितमा छैन, हाम्रो समय थप गर्ने चाहना होइन यसले संस्थालाई फाईदा गर्दैन भन्ने मेरो भनाई थियो वरिष्ठ उपाध्यक्ष पोखेरेलले भने I
 
अन्तत यो प्राविधिक निर्णय मात्र हो पोखरेलले भने म फेरी भन्छु यसले संस्थाको हित गर्दैन । 
 
दुई दिन यता एनआरएन अमेरिकाको सदस्यता लिने वेभसाइटमा समस्या आइरहेको थियो । वेभसाइट खोल्ने ढिलो भएको, नखुलेको धेरैले गुनासो गरेका थिए । 
 
डा पौडेले भन्छन् 
आईसीसीको सुझाव, कम्यूटरमा आएको प्राविधिक समस्याले गर्दा सदस्य बन्ने समय थप भएको हो केही दिन यता कम्युटरमा समस्या आएको थियो यसले एनआरएन अमेरिकाको सदस्य बन्न झन्झट भएको गुनासा पनि थिए । यस्तो हुन हुदैंनथ्यो । तर, प्राविधिक कारणले केही समस्या आउन गयो । यसले गर्दा पनि समय थप गर्न धेरैको सुझाव आएको थियो । आउने मे महिनाको २० र २१ मा निर्वाचन राखिएको छ । यसले गर्दा समय थप हुदां निर्वाचन कार्यक्रममा कुनै तलमाथि पर्दैन । केन्द्र अर्थात् आईसीसीले पनि  समय थप गर्न लिखित रूपमा सुझाव दिएको थियो । 
 
हामीले कार्यसमितिमा प्रजातान्त्रिक प्रकृया अनुसार बहुमतका आधारमा समय थपको निर्णय गरेका हौँ । केही कार्यसमिति सदस्यहरूको समय थप गर्नु पर्छ  भन्नेमा विरोध थियो । तर, ४ दिन समय थप गर्दा सदस्यता बढ्छ एनआरएन अमेरिका अझ विस्तृत र ठुलो हुन्छ भने किन समय नवढाउने भन्नेपक्षमा अधिकांश कार्यसमितिका साथीहरू सहमत हुनुभयो र समय थप भयो डा पौडेलले भने यो चार दिन थप गर्दा सदस्य नबन्नु भएकालाई थप मौका मिलेको छ यसलाई चुनावका आधारमा हेरिनु हुदैंन । 
 
निर्वाचन प्रजातान्त्रिक प्रकृया हो यो आउँछ जान्छ तर, एनआरएन अमेरिका प्रति चासो बढेको छ यसलाई सम्बोधन गर्न पनि समय थपिएको हा डा पौडेलले दाबी गरे । 
 
 
बुधवार दिउसोसम्म एनआरएन अमेरिकाको सदस्यता ११ हजार नाघेको छ । तर, यसको छानविन गरी अन्तिम नामावली आउन बाँकी छ । अघिल्लो पटक एनआरएन अमेरिकाका सदस्य १० हजार ६ सय थिए । 
 
सदस्यका लागि आवेदन लिनेमा टेक्सस सबैभन्दा अघि छ । टेक्ससवाट  गौरी जोशी र राम सी पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । टेक्ससमा बढी सदस्य वनेकाले पनि थप गर्नु पर्ने पक्षमा डा पौडले रहेको हुन सक्ने बैठकका सहभागीले बताए । डा पौडेल पनि अध्यक्षमा पुन उम्मेदवारी दिने घोषणा गरेका छन् । टेक्ससवाट सदस्य बढी हुदां त्यहाँका उम्मेदवारलाई फाइदा हुने आंशकमा पनि अहिले समय थप गरेको ती सहभागीले बताए । 
 
बैठकमा बुधवार सम्म सदस्य वन्नेले आउने निर्वाचनमा भोट हाल्न पाउने बनाई सदस्यता आवेदन लिने कार्य जारी राख्ने विषय पनि उठेको थियो । तर, यसमा पनि अध्यक्ष लगायत बुहमतले नमानेपछि आइतबारसम्म समय थप गरिएको हो । 
 
आईसीसीले पनि समय थप गर्न सुझाव दिएको थियो । बैठकमा आईसीसी उत्तर अमेरिका संयोजक सोनाम लामाले पठाएको समय थप गरी सदस्य बढाउनु पर्छ भन्ने पत्र पढेर सुनाईएको थियो । अमेरिकामा २ लाख ५० हजार नेपालीको सङ्ख्या रहेको सार्वजनिक भएको अवस्थामा पाँच प्रतिशत पनि सदस्य नबेकाले समय बढाउनु पर्छ भन्ने सोनामको पत्रमा उल्लेख थियो ।  
 
प्रतिकृया दिनुहोस: