मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएन अमेरिका अध्यक्षमा डिल्ली भट्टराई द्धारा उम्मेवारी घोषणा

एनआरएन अमेरिका अध्यक्षमा डिल्ली भट्टराई द्धारा उम्मेवारी घोषणा


हिमालयखवर संवाददाता
क्यालिर्फोनिया– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) को आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा डिल्ली भट्टराईले बुधवार उम्मेदवारी घोषणा गरेका छन् । क्लालिफोर्नियामा एक कार्यक्रम आयोजना गरेर भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
 
एनआरएन अमेरिकालाई नयाँ सिरावाट अगाडी बढाउन आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । स्थानीय समुदायको उपस्थितिमा  भट्टराईले उम्मेदवारी घोषणा गर्दै सबैसँग सहयोगका लागि आग्रह गरेका हुन् । भट्टराईले घोषणा कार्यक्रममा एनआरएन अमेरिकालाई विस्तार गरेर ३० राज्यमा पुर्‍याउने बताए । अहिले साढे एक दर्जन राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन् । भट्टराई अहिले एनआरएन अमेरिकाका उपाध्यक्ष हुन् । नेपालमा गोरखा जिल्ला पुर्खौली घर भएका  भट्टराई क्यार्फिनिया स्थित कम्पनीमा कार्यरत छन् । 
 
यस अघि एनआरएन अमेरिकाको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षहरु राम सी पोखरेल, रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष डा केशव पौडेलले पनि अध्यक्षपदमा पुन उम्मेदवारी दिने सार्वजनिक गरेका छन् । एनआरएनका सल्लाहकार गौरी जोशी पनि अध्यक्ष पदको प्रतिस्पर्धामा छन् । 
 
अमेरिकामा रहेका २ लाख ५० हजार प्रवासी नेपालको श्रीबृद्धि र मातृभूमि नेपालको लागि केही गर्न आफूले नेतृत्व दाबी गरेको भट्टराईले बताए । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मा अमेरिकाको प्रतिनिधित्व हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको र आफू यसमा सक्रिय रहने उनले बताए । 
 
घोषणा सभामा उपस्थित धेरैले  भट्टराईलाई शुभकामना दिएका थिए । एनआरएन अमेरिकाको आगामी कार्यसमितिका लागि करिब २ महिना पछि निर्वाचन हुने कार्यक्रम छ । तर, निर्वाचन तालिका अहिलेसम्म सार्वजनिक भइसकेको छैन । 
 
बुधवार रातीसम्म एनआरएन अमेरिकाका ३ हजार ३ सय भन्दा बढी सदस्य भएका छन् । आउने साता दिनभित्र सदस्यता लिनेले आउने निर्वाचनमा भाग लिन पाउंछन् । अहिलेसम्म सबैभन्दा बढी टेक्ससवाट सदस्यता दाबी गरिएको छ । यसपछि न्यूओर्क र क्यालिर्फोनिया बढी सदस्य दाबी गर्ने राज्य हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागीले आफ्नो जिज्ञासा राख्नुका साथै विभिन्न सुझावहरू दिएका थिए ।

शेयर गर्नुहोस:

0
Shares