मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाभित्र चुनावी सरगर्मी बढ्यो

एनआरएन अमेरिकाभित्र चुनावी सरगर्मी बढ्यो


-हिमालयखबर संवाददाता
अमेरिका- गैरआवासीय नेपाल संघ अमेरिका (एनआरएन अमेरिका)भित्र केही दिनयता एकाएक आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । नेतृत्व लिन एनआरएन अमेरिकाका विभिन्न राज्यमा रहेका च्याप्टरहरु सक्रिय भएका छन् । 
 
आगामी नौ महिनापछि एनआरएन केन्द्र (आईसीसी)मा पनि नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएकाले पनि एनआरएन अमेरिकाको चुनाव चर्को हुने सम्भावना बढेको हो । आईसीसीमा जान चाहेका एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जीसी, उत्तर अमेरिकाका संयोजक सोनाम लामा र एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल पनि आ-आफ्नो रणनीतिमा छन् । अमेरिकाको नेतृत्व आफ्नो पकडमा रहे खगेन्द्र र सोनाम दुवैलाई अघि बढ्न सजिलो हुने देखिन्छ । 
 
यसै क्रममा शुक्रबार अमेरिकाको विभिन्न राज्यमा रहेका एनआरएन च्याप्टरका सभापतिको छलफलले एकजुट भएर नेतृत्वका लागि चुनावमा जाने निर्णय गरेको छ ।
 
मेरिल्याण्ड च्याप्टर सभापति जेदु पोखरेलको सयोजकत्वमा भएको भेलाले सामूहिक रुपमा गैरआवासीय नेपाल संघ अमेरिकाको सभापतिमा तेम्बा शेर्पालाई अगाडि बढाउने निर्णय गरेको छ । तेम्बा न्युयोर्क  च्याप्टरका सभापति हुन् । उक्त भेलाले वरिष्ठ उपाध्यक्षमा पूर्ण बानियाँ, उपाध्यक्षमा जेदु पोखरेल सचिवमा रेवतीराज अधिकारीलाई अगाडि बढाउने निर्णय पनि गरेको छ । 
 
एनआरएन अमेरिकाका १७ च्याप्टरमध्ये एकदर्जन च्याप्टर अध्यक्ष सहभागी भएको छलफलले विभिन्न ६ वटा निर्णय पनि गरेको छ । च्याप्टरहरु एकवद्ध भई अगाडि बढ्न् र भविष्यमा च्याप्टरको विकास, सम्वद्र्धन र प्रवद्र्धनमा जोड दिने निर्णयमा उल्लेख छ । सबै राज्यमा व्यापक रुपमा सदस्यता अभियान संचालन गर्ने र सकेसम्म आजीवन सदस्य बन्न प्रेरित गर्ने, च्याप्टर एक ढिक्का भएर अगाडि बढ्ने, आउने दिनमा थप भेला गर्ने निर्णय गरेको छ ।
 
एक साताभन्दा अघि न्युयोर्कमा पनि यस्तै रणनीतिक भेला भएको समाचार स्रोतले हिमालय खबरलाई जानकारी दिएको छ । उक्त भेलामा आईसीसीलगायत एनआरएन अमेरिकाका पदाधिकारी, नेपाली कांग्रेस र जनसम्पर्क समितिका केही व्यक्तिहरु पनि उपस्थित रहेको स्रोतले बताएको छ । 
 
आईसीसीमा खगेन्द्र जीसी र सोनाम लामा दुवै जनाले महत्वपूर्ण पदमा जाने इच्छा देखाएकाले पनि दुवैलाई एनआरएन अमेरिका आफ्नो पकडमा राख्नुपर्ने आवश्यकता छ । यस उद्देश्यअनुसार न्युयोर्कमा छलफल भएको हो ।
 
एनआरएन अमेरिकाका नेतृत्वका लागि टेक्ससका गौरी जोशी, एनआरएन वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रवीना थापालगायतले अध्यक्ष पदमा उठ्ने सार्वजनिक गरिसकेका छन् । एनआरएन अध्यक्ष डा केशव पौडेलले निरन्तरता दिने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ । 
 
न्युयोर्क छलफलको मुख्य विषय पनि डा पौडेलको निरन्तरतासँग सम्बन्धित रहेको स्रोतको दाबी छ । डा पौडेलले भने आफूले अहिलेसम्म निर्णय गरिनसकेको बताउँदै आएका छन् । एनआरएन अमेरिकाका अन्य उपाध्यक्ष राम सी पोखरेल, डिल्ली भट्टराईले पनि अध्यक्षमा उठ्ने बताए पनि औपचारिक रुपमा घोषणा भने गरिसकेका छैनन् ।