मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन पदाधिकारीले भने–टेक्सस सम्मेलन भव्य (फोटो फिचर / भिडियो सहित)

एनआरएन पदाधिकारीले भने–टेक्सस सम्मेलन भव्य (फोटो फिचर / भिडियो सहित)


ड्यालस (टेक्सस)। दुई साता अघि ड्यालसमा भएको गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको साधारण सभा अपेक्षा गरिएभन्दा पनि सफल भएको आयोजकहरुले जनाएका छन्। 
 
शुक्रबार ड्यालसको अर्विङमा आयोजना गरिएको भेटघाट कार्यक्रममा आयोजकहरुले साधारण सभा भव्य रुपमा सफल भएकोमा सबैप्रति धन्यवाद र आभार प्रकट गरेका छन्। साधारण सभा सफल बनाउन सकृय संघसंस्था, व्यक्तिहरुलाई समेत शुक्रबार सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। 
 
स्थानीय रमाइलो रेस्टुँरामा आयोजित कार्यक्रममा साधारण सभा मुल तयारी समितिका संयोजक तथा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले सहयोग गर्ने नेपाली समाज टेक्सस, नेपाली जनसम्पर्क समिति, ईन्न्द्रेणी सांस्कृतिक संघ, नेपाली सांगितीक तथा सांस्कृतिक समुह ,नेपाली समाज नर्थ ड्यालस, युनाइटेड नेवा युएसए लगायत विभिन्न संघसंस्था, मिडिया, प्रायोजक र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो। 
 
त्यस्तै एनआरएन टेक्सस च्याप्टरको अध्यक्ष उत्तम लामिछाने पनि सहयोगीहरुप्रति आभार व्यक्त गर्नुभएको थियो । समाजसेवी महेन्द्र पौडेलले गायत्रीमन्त्र वाचन सहित  नेपाली समाजका राजमणि चौधरीको स्वास्थलाभको कामना गर्नुभएको थियो। चौधरी हाल गंभीर बिरामी भइ उपचारार्थ हुनुहुन्छ । 
 
एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेत आर्थिक विवरण प्रस्तुत गर्नुहुँदै (भिडियो सहित )।
 
त्यस अवसरमा एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेतले आर्थिक विवरण प्रस्तुत गर्नुहुँदै ४५ हजार एकसय २ डलर संकलन भइसकेको र प्रतिवद्धता अनुसार ९ हजार ६ सय १ डलर संकलन हुने क्रममा रहेको जानकारी दिनुभयो। उहाँले ४१ हजार ५ सय तीन डलर खर्च भएर १३ हजार एकसय ९९ डलर वचत भएको उल्लेख गर्नुभयो। 
 
साधारण सभाको लागि संकलन भएर वचत भएको रकममध्यबाट ड्यालसमा शवदाहगृह बनाउन प्रस्ताव गरिएको छ। वचत भएको रकम टेक्ससमै सामाजीक कार्यका लागि खर्च जनाइएको छ । कार्यक्रममा नेपाली समाज टेक्ससका उपाध्यक्ष कमल सापकोटाले समेत बोल्नुभएको थियो।