मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

पराराष्ट्रमन्त्री डा प्रकाशशरण महत टेक्सस ड्यालसमा (फोटो फिचर /भिडियो सहित )

पराराष्ट्रमन्त्री डा प्रकाशशरण महत टेक्सस ड्यालसमा (फोटो फिचर /भिडियो सहित )


ड्यालस, टेक्सस (अमेरिका)– गैर आवासीय नेपाल सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको शनिवार हुन लागेको पांचौ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागीहुन पराराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार टेक्सस ड्यालस आएका छन् ।
 
पराराष्ट्रमन्त्री महतलाई ड्यालस/फोर्थवोर्थ  विमानस्थलमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, सम्मेलन संयोजक राम सी पोखरेल, एनआरएन ड्यालस च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली समाज टेक्सस अध्यक्ष कृष्ण लामिछाने, जनसम्पर्क समिति वेष्ट टेक्सस अध्यक्ष हरिवोल भण्डारी, जन सम्पर्क समिति ड्यालस फोर्डवर्थक च्याप्टर सभापति ज्ञानेन्द्र कार्की, जनसम्पर्क समिति न्युयोर्क च्याप्टर सभापति रोशन ढुगाना, जनसम्पर्क समितिका अन्य पदाधिकारी, अन्य एनआरएन प्रतिनिधि र विभिन्न सङ्घ संस्थाका पदाधिकारीले स्वागत गरेका थिए । 
 
मन्त्री महतले शनिवार प्रमुख अतिथिका रूपमा साधारण सभाको उद्घाटनका अवसरमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीको तीन दिन अमेरिका बस्ने कार्यक्रम छ । नेपाल सरकारले पराराष्ट्रमन्त्रालयलाई एनआरएन मामिला हेर्न तोकेको छ । सम्मेलनमा सहभागी हुन नेपाली राजदूत डा अर्जुन कुमार कार्की, ड्यालस आईपुगेका छन् । 
 
 
शनिवार हुने एनआरएन अमेरिका पाचौं साधारण सभामा भाग लिन एनआरएनका अध्यक्ष डा केशव पौडेल लगायत पदाधिकारीहरुपनि ड्यालस आउने क्रम सुरु भएको छ । उक्त साधारणस सभामा एनआरएनका १७ वटै च्याप्टरका प्रतिनिधि, अमेरिकाका अधिकांश राज्य लगायत यूरोप,क्यानडावाट समेत सहभागीहुने आयोजकले जनाएका छन् । 
 
एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलले साधारण सभाको तयारी पुरा भएको जानकारी दिदैं एनआरएनलाई अघि बढाउन सबै नेपाली समुदायको सक्रियता आवश्यक रहेको बताए । म यहाँ रहनुहुने सम्पूर्ण स्थानीय नेपाली जन समुदायलाई पनि सम्मेलनमा सक्रिय भाग लिन आग्रह गर्छु डा पौडेलले भने ।