मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाका सचिवलाई सचेत गराइयो

एनआरएन अमेरिकाका सचिवलाई सचेत गराइयो


न्यूयोर्क (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन ) अमेरिकाका सचिव शंकर खड्कालाई आइतबार बसेको बैठकले सचेत गराएको छ I संस्थागत हित बिपरित कार्यमा संलग्न भएको पुस्टि भएपछी एक महिनाको समय दिएर सुध्रिन सचेत गराउने निर्णय भएको श्रोतले जानकारी दिएको छ I
 
संघको आइतबार बसेको बैठकले संस्थाका गोप्य निर्णयहरु बाहिर पठाउने गरेको र संस्थागत हित प्रतिकुल कार्यमा संलग्न भएको पाइएकोले सचेत गराउने निर्णय भएको एक पदाधिकारीले बताए । एक महिनाको समय दिएर आचरण सुधार्नका लागि निर्देशन दिने निर्णय भएको छ। ती पदाधिकारीले भने–‘त्यस अवधिमा पनि संस्थागत हित प्रतिकुल कार्य गरेमा कार्यसमितिबाट  निलम्बन गरिनेछ । 
 
खड्काले एनआरएनको क्षेत्रीय सम्मेलनमा नेपालबाट सहभागी गराउन आफ्ना नातेदारलाई ल्याउने प्रस्ताव राखेको र त्यसलाई अध्यक्ष तथा अन्य पदाधिकारीले अस्विकार गरेपछि संस्था एवं अध्यक्ष विरुद्ध विषबमन गर्दै सञ्चारमाध्यममा बोल्दै हिडेको विषय आइतबारको बैठकमा उठेको थियो । 
 
त्यस विषयलाई कार्यसमितिले अत्यन्तै गंभिरतासाथ लिएर एक महिनाको समय दिँदै सचेत गराउने निर्णय गरेको हो । आजैको बैठकले पदबाट निलम्बन गर्ने विषयमा पनि केही पदाधिकारीले प्रस्ताव राखेका थिए। तर उनले गल्ती गरेको महसुस गरेकाले सुधार गर्न एक महिनाको समय दिने सहमति भएको हो बैठक स्रोतले भन्यो । 
 
एनआरएन क्षेत्रीय सम्मेलनका लागि नेपालबाट विशेष प्रतिभाका रुपमा मनोज चन्दलाई ल्याउने निर्णय गरेर अध्यक्ष डा. केशब पौडेलले निमन्त्रणा पठाएका थिए । तर त्यो कुरालाई मिडियाबाजी गरेको र अध्यक्षले आर्थिक लाभ लिएको भन्दै चरित्रहत्यामा खड्का उत्रेको एनआरएन अमेरिकाका पदाधिकारीहरुको भनाई छ ।  तर पनि अध्यक्ष डा केशब पौडेलले बहुमत सदस्यको कारबाही गर्ने मागलाई थोरै लचकता दिएर आफ्नै चरित्र हत्या गर्ने खड्कालाई मौका दिएको कुरा एनआरएन श्रोतले हिमालय खबरलाई जानकारी दियो I