मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नेपालका तीन अरबपतिले एनआरएनए न्युर्जसी सम्मेलनमा सम्बोधन गर्ने

नेपालका तीन अरबपतिले एनआरएनए न्युर्जसी सम्मेलनमा सम्बोधन गर्ने


हिमालयखवर संवाददाता
न्युर्जसी(अमेरिका)- नेपालका तीनै जना अर्बपति आउने महिना अमेरिकाको न्यूजर्सीमा आयोजना हुने एनआरएन भेलामा सहभागी हुने भएका छन् । 
 
आउने अगष्ट २७ र २८ मा हुन न्युयोर्क नजिकै हुन लागेको उक्त नवौँ एनआरएनए क्षेत्रीय सम्मेलनमा नेपालबाट उदाएका वहुराष्ट्रिय उद्यमी विनोद चौधरी, रसिया, नेपाल लगायतका देशमा अरर्वौको व्यापार व्यवसायमा संलग्न उपेन्द्र महतो र अष्ट्रेलियाका एक सय जना धनीहरुको सुचीमा परेको शेष घले सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । 
 
महतो एनआरएनएका संस्थापक अध्यक्ष र घले वर्तमान अध्यक्ष हुन् । अमेरिकाका लगायत विश्वका विभिन्न देशमा व्यवसाय विस्तार गरिरहेका चौधरीलाई भने मेलामा मुख्य व्यक्ताका रूपमा आमन्त्रण गरिएको हो । उक्त भेलामा विश्वभर छरिएर रहेका गैर आवसिय नेपालीको सहभागिता हुने छ । एनआरएनए अहिले ७० भन्दा बढी देशमा फैलिएको छ । नेपालबाट पनि सरकारका वरिष्ठ अधिकारी र निजी क्षेत्रका व्यावसायिक संघ संस्थाबाट सहभागित हुने कार्यक्रम छ । 
 
उक्त भेलामा नेपाल र विदेशमा लगानी लगायत विदेशमा बस्ने नेपालीका चासोका विषयमा छलफल हुने आयोजकले बताएका छन् । सहभागी हुन चाहनेका लागि रजिष्ट्रेशन खुला भईसकेको आयोजकले जनाएका छन् । 
 
नेपालका तीन जना अरबपतिले एउटै कार्यक्रममा सहभागी भई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । नेपालमा सफल भएर विदेशमा व्यवसाय विस्तार गर्ने विनोद चौधरी, विदेशमा आर्जित पुँजी नेपालमा समेत अरबौं लगानी गर्ने उपेन्द्र महतो र शेष घलेलाई एकै ठाउँमा सुन्न पाउनु यो हाम्रो लागि अवसर पनि हो एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने । 
 
क्यालिफोर्नियामा विभिन्न व्यवसाय गर्दै आएका वासुदेव घिमिरे भन्छन् जब व्यवसायमा सफल र सम्पन्न व्यक्ति एकै ठाउँमा आउंछन भने त्यहाँ सहकार्य र प्रतिस्पर्धाको स्थिति हुन्छ यो समुदाय देश र उनीहरूका लागि पनि  फाइदाजनक हो ।  सहकार्यले संयुक्त लगानीलाई वढावा दिन्छ, प्रतिस्पर्धाले अझ अगाडी जाने उत्साह थप्छ घिमिरे भन्छन् यी दुवैले लगानी बढाउने मात्र होइन रोजगारी बढ्ने हुन्छ । 
 
एनआरएनए भेलामा सहभागीका लागि के अर्थ राख्छ ? घिमिरे भन्छन् नेपालका तिनै जना अरबपति देश र बाहिर प्रतिकुल अवस्थालाई छिचोल्दै अगाडी बढेका हुन् उनीहरू साना तिनो राजनीति खिजातानीमा अल्झेनन, स्वदेशमा र विदेशमा भए पनि केही गरेर देखाउनुपर्छ भन्ने उद्देश्य लिई अगाडी बढेका हुन् उनीहरूबाट हाम्रो समुदायले सिक्न सक्छ ।  
 
विनोद चौधरी तेस्रो विश्व भनिने गरिब देश नेपालबाट उदाएका वहुराष्ट्रिय उद्यमी हुन् । फोब्र्स पत्रिकामा विश्वका अरबपति सुचीमा पर्ने उनी एक मात्र नेपाली व्यवसायी हुन् । सन् १९८० को दशकमा स्थापना भएको सीजी फ्ड्स वाईवाई चाउचाउ अहिले नेपाल, भारत, अमेरिका लगायत विश्वका कयौँ देशमा बिक्री हुदैं आएको छ । सीजीले वाईवाई उत्पादनका लागि भारत लगायत अन्य देशमा पनि कारखाना स्थापना गरेको छ । नेपालको सबैभन्दा बढी नाफा आर्जन गर्ने नविल बैंकमा पनि चौधरी समूहको हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।
 
चौधरी समूहको लगानीका होटल तथा रिर्सोट भारत, श्रीलंका, मालदिप्स, अमेरिका लगायत विश्वका विभिन्न देशमा सञ्चालनमा छन् । नेपालमा पनि उक्त समूहले पाँच तारे होटल बनाइरहेको छ । अमेरिकाको जोनअफ केनेडी एयरपोर्ट नजिकै रहेको र्याडिसन होटलमा पनि चौधरी समूहको ५० प्रतिशत भन्दा बढी लगानी छ । न्यूयोर्कमा  चौधरी समूहको लगानीका अन्य होटल पनि छन् । विनोद चौधरीले केही साता अघि अमेरिका आउँदा अमेरिकामा सीजीको वाईवाईको कारखाना र सिलिकन भ्यालीमा लगानी गर्ने घोषणा गरेका छन् । चौधरी समूह ऊर्जा लगायत पूर्वाधार क्षेत्रका पनि संलग्न छ ।  
 
उपेन्द्र महतोको सक्रियतामा एनआरएनए स्थापना भएको हो । उनकै कार्यकालमा एक पटकको नेपाली संधैको नेपाली र नेपालको आर्थिक उन्नतिका लागि नेपाली भन्ने एजेण्डा उठाईएको थियो । महतोले एजेण्डामात्र उठाएनन् आफै उदाहरण पनि बने । उनले नेपालमा बैंक, जलस्रोत, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा अरर्बौ रुपैंया लगानी गरेका छन् । पहिलो एनआरएन सम्मेलनले उठाएको दोहोरो नागरिकताको मुद्दालाई पनि अहिलेको संविधानले स्विकारेको छ । रसियावाट व्यवसाय सुरु गरेका महतोको नेपाल र रसियामा राजनीतिक र सरकारी स्तरमा पनि मजबुत सम्पर्क छ । उनले अहिले रसिया र नेपाल बाहेक अन्य देशमा पनि लगानी विस्तार गरेका छन् । 
 
शेष घले अस्ट्रेलियाका सय जना धनीको सुची भित्र परेका व्यवसायी हुन् । पुस्तौली घर लम्जुगं जिल्ला भएका घले अष्ट्रेलियाको मेलब्रोन इन्टिज्युट अफ टेक्नोलोजीका प्रमुख हुन् । विकिपिडियामा उनलाई नेपालका तेश्रो धनी भनेर उल्लेख गरिएको छ । घलेको हाल काठमाडौमा पाँच तारे लक्जरी होटल निर्माणधिन छ । यो होटलको लागत १० अर्ब रुपैंया भन्दा बढी हुने उनले बताएका छन् । यसबाहेक जलविद्युत उत्पादनमा पनि घलले लगानी गरेका छन् । 
 
यस बाहेक सम्मेलनमा एनआरएनएका उपाध्यक्ष भुवन भट्ट लगायत थुप्रै व्यवसायीको सहभागिता हुने छ । जापानमा एक सय भन्दा बढी रेष्टुरेण्ट, पाँच तारे रिर्सोट लगायतका व्यवसाय भएका भटट्ले नेपालमा पनि १ अर्ब रुपैंया भन्दा बढी लगानी गरेका छन् । धुलिखेल माउण्टेन रिर्सोट, कारोबार पत्रिका भट्टका लगानी भएका व्यवसाय हुन् । उनी नेपालमा वियर उत्पादन पनि संलग्न छन् । शिक्षा क्षेत्रमा पनि भट्टको लगानी छ । भट्टको पनि अमेरिकामा केही लगानी छ । अमेरिकामा अझ लगानी बढाउने सोचमा रहेका भट्ट निकट व्यक्तिले बताएका छन् ।